पानसको अधिवेशन पौष २८ मा हुने

13

सदिक्षा गैरे

कावासोती , ७ पौष २०७५

पाल्पा नवलपरासी सम्पर्क समाज ( पानस ) को जिल्ला अधिवेशन पौष २८ गते कावासोतीमा हुने भएको छ । पानसको आज कावासोतीमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । भेलाले अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि बिभिन्न ५ वटा उपसमिति निर्माण गरेको पानसका कोषाध्यक्ष पोष्टराज कण्डेलले जानकारी दिनुभयो । कण्डेलका अनुसार आर्थिक समि उपसमिति संयोजकमा भिमलाल पाण्डे , प्रचार प्रसार उपसमितिको संयोजकमा भिमलाल कण्डेल , समास्कृतिक उपसमिति संयोजकमा अर्जुन पाण्डे , अतिथि सत्कार तथा सम्मान उपसमितिमा राजेन्द्र पाण्डे मन्च व्यवस्थापन उपसमितिको संयोजकमा गुरुप्रसाद पोखरेल चयन हुनुभएको छ । आजको भेलाले पानसलाई सस्थागत रुपमा विकास गर्दे धेरै भन्दा धेरै पाल्पालीहरुलाई समेट्ने समेत निर्णय गरेको छ ।

पानसका अध्यक्ष कोषराज कार्कीको अध्यक्षतामा सम्पन्न भेलाको प्रमुख अतिथि पानसका वरिष्ठ सल्लाहकार कर्नेन धन बहादुर मास्की राना हुनुहुन्थ्यो । भेलामा सल्लाहकार सुवेदार मेजर प्रेमबहादुर राना , सल्लाहकार रामचन्द्र श्रेष्ठ लगायत पनि अतिथिको रुपमा सहभागी हुनुहुन्थ्यो । पानसका सचिव तिर्थ कण्डेलले संचालन गर्नुभएको भेलामा ५० भन्दा बढी पाल्पालीहरुको सहभागिता रहेको थियो । पानस पाल्ला जिल्लाका बिभिन्न स्थानबाट नवलपरासी आई बसोबास गर्ने पाल्पालीहरु साझा सस्था हो ।