पप्पु रेग्मी, बर्दघाट ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) पश्चिम नवलपरासीको ३४औं साधारण सभा एवं १६औँ अधिवेशन शनिबार बर्दघाट- १० माैराहाटाडीमा सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्ष पदमा डम्बर गुरुङ्ग सर्वसम्मत निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा घुरहु यादव, उपाध्यक्षमा बालकृष्ण लम्साल, सचिवमा अविनाश रेग्मी, कोषाध्यक्षमा विष्णु चौधरी, सह-सचिवमा कृष्ण शर्मा, तथा सह-कोषाध्यक्षमा सन्त बहादुर चौधरी निर्वाचित हुनुभएकाे छ ।
कार्य समितिमा भुगोल तर्फका प्रतिनिधिहरूमा बर्दघाटबाट देउमान झेडी मगर, दिप नारायण सहानी, सुनवलबाट भेषराज न्यौपाने, पाल्हीनन्दनबाट कमलेश माली र प्रतापपुरबाट राज कुमार मुराउ चयन भएका छन् ।
खुला सदस्यतर्फ सुमित पाठक, गोपाल बस्याल, कमला शर्मा र कृष्ण प्रसाद गौतम सर्वसम्मत चयन हुनु भएको निवर्तमान अध्यक्ष गुरूदत्त पाैडेलले बताउनुभयो ।