पश्चिम नवलपरासीको तिलौलीमा बालक्लब गठन

120

पप्पु रेग्मी, बर्दघाट

एबिसी नेपालको आयोजना तथा सरावल गाउपालिकाको समन्वयमा पश्चिम नवलपरासीको सरावल २ तिलौलीमा सोमवार बाल क्लब गठन तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ ।

स्थानीय टोलकी माधुरी हरिजनको अध्यक्षता तथा एबिसी नेपाल सरावल गाउँ पालिकाकी फिल्ड सुपरवाइजर साईदा निशा पठानको सहजीकरणमा वाल क्लब गठन तथा होलि मिलन कार्यक्रम सरावल गाउँ पालिकाको समन्वय र एबिसी नेपालको नेतृत्वमा वाल क्लब गठन गर्ने अभियान नै शुरु गरिएको पठानले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रगती किशोर किशोरी संजाल सरावल २ नवलपरासी कि सचिव शान्ती ठाकुर, सामी परियोजनाका प्रतिनीधि रामु भुषाल, रेडिया दाउन्नेका समाचार प्रमुख टेक बहादुर हरिजन लगाएतले होली पर्व तथा वालवालिकाको उज्वल भविष्यको शुभकामना मन्तब्य राख्नुभएको थियो ।

सो भेलाले माधुरी हरिजनको अध्यक्षतामा ११ सदस्यीय सृजनशिल वाल क्लव गठन गरिएको छ । जसको उपाध्यक्षमा राहुल हरिजन, सचीव रिखी हरिजन, सह–सचिव चित्रकला ठाकुर, कोषाध्यक्ष प्रीती ठाकुर रहेका छन भने सदस्यहरुमा क्रमशः बन्दना हरिजन, हर्षित ठाकुर, निर्जला राय, लगाएत रहनुभएको छ ।

कार्यक्रमको सञ्चालन सचिव रिखी हरिजनले गर्नु भएको थियो ।