ध्रुव नारायण बनिया,
महेशपुर माघ ११ गते
पशु क्वारेन्टाइन चेक पोस्ट महेशपुरको आयोजनामा पाल्हीनन्दन गाउँ पालिका -१ रमपुरवा स्थित वडा कार्यालयको सभाहालमा सरोकारवालासंग अंतरकृया गोष्ठी सम्पन्न भएको छ ।
पशु क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख डा० गान्धीराज उपाध्यायको अध्यक्षता तथा पशु क्वारेन्टाइन महाशाखा पशु सेवा बिभागका उप निर्देशक डा० सम्झना काफ्लेको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा प्रमुख अथिती काफ्लेले बिषय ढुवानी गर्दा पब्लिक गाडीमा पशुजन्य पदार्थ ओसरपसार नगर्ने, पशु जन्य पदार्थ चोरी निकासी पैठारी सबै मिलेर नियन्त्रण गर्ने तथा बोर्डरमा सञ्चालनमा रहेका अव्यवस्थित मासु पसललाइ ब्यस्थित गर्नुपर्ने विषयमा जाेड दिनुभएकाे थियो ।
कार्यक्रम प्रमुख जिल्लाधिकारी नवलपरासीका देबेन्द्र लामिछानेको बिशिस्ट अातिथ्यतमा संचालन भएकाे थियाे । अतिथीहरु जिल्ला प्रहरी कार्यालय प्रमुख राजेन्द्र भट्ट, सशस्त्र प्रहरी बल हे.क्वा. बेलासपुर पश्चिम् नवलपरासीका प्रमुख गहार्दन राई, सिमा प्रहरी चौकी महेशपुरका प्रमुख केशव राज ज्ञवाली, सशस्त्र प्रहरी बल हरपुरका प्रमुख राजकुमार अधिकारी, सशस्त्र प्रहरी बल गुठी परसौनीका प्रमुख माधव पण्डित, इलाका प्रहरी कार्यालय अमानिगंजका प्रमुख राधाकृष्ण नाथ लगायतकाे उपस्थिती रहेकाे थियाे ।
कार्यक्रम संचालन पशु पशुक्वरेनटाइन महेशपुरका प्रमुख पशु चिकित्सक भरत काफ्लेले गर्नुभयो।