-1 C
New York
Saturday, February 14, 2026

Buy now

spot_img
spot_img

पशुबलि तथा मांसाहार निषेध अभियान सञ्चालन

- Advertisement -

काठमाडौं । पशुबलि तथा मांसाहारविरुद्ध विभिन्न संघ–संस्थाले सचेतना अभियान सञ्चालन गरिरहेका छन् । धार्मिक अनुष्ठान, विवाह, व्रतबन्ध, जन्मोत्सव लगायतका अवसरमा गरिने पशुहत्या तथा मासु सेवन असभ्य परम्परा भएको भन्दै अभियानले यसको अन्त्य गर्न आह्वान गरेको छ।

अभियानकर्ताहरूले प्राणीहरू पनि मानव सरह सुख चाहने र पीडा नचाहने भएकाले बलि वा मासुका नाममा हत्या गर्नु अधर्म र जघन्य अपराध भएको बताएका छन् । उनीहरूले ‘बलि’को अर्थ देवतालाई प्राणीको जीवन होइन, बरु लोभ, क्रोध, मोहजस्ता दोष त्याग गर्नु भन्ने Rigveda सम्मकै दृष्टान्त दिएका छन्।

वि.सं. २०७३ सालमा सर्वोच्च अदालतले पनि गढीमाई लगायत स्थानमा पशुबलि रोक्न आदेश दिइसकेको स्मरण गराउँदै आयोजकहरूले सबै धर्मको मूल सार अहिंसा भएकाले मासु सेवन नगरी शाकाहारलाई अंगाल्नुपर्नेमा जोड दिएका छन्।

नेपाल बौद्ध ञिङमा संघ, नेपाल शाकाहारी संघ, सत्यप्रेम शान्ति एकता परिवार नेपाल, विश्व जागरण अभियानसहितका विभिन्न संस्थाहरूले अहिंसामूलक समाज निर्माणका लागि शाकाहार प्रवर्द्धन गर्दै आएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme