परासी, १ बैशाख ।
नवलपरासीको सदरमुकाम परासीमा आयोजित जलसा कार्यक्रममा मौलाना शुफि सिद्दिक मिँयालाई सिक्का पैसाले तोलिएको छ । रुपन्देहीको भैरहवाँ स्थित खुरुहुरिया घरका भएका करिब ७५ बर्षिय मौलाना सुफि सिद्दिकले ईस्लामि मजहबको संरक्षण र प्रवद्र्धनको लागि गरेको कार्यको मुल्याङ्कन गर्दै उनलाई सिक्का (पैसा)ले तोलिएको हो ।
जामिया फैजाने अहले बैत मदरसाद्धारा आयोजित फैजाने अहलेबैत कांफ्रेन्स (जलसा) कार्यक्रममै काँटा राखी एक पलरामा सुफि सिद्दिकलाई राखेर अर्काे पलरामा नेपाली सिक्काहरु राखी तौलिएको मदरसाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बताए ।
सुफि सिद्दिकलाई तौलिदा उनी ५७ किलोका भएका थिए । सुफि सिद्दिकलाई तौलिएपछि उनलाई विभिन्न धर्मावलम्बीहरुले बधाई दिएका थिए । सुफि सिद्दिकलाई तौलिएका सिक्का पैसालाई पुनः सुफि सिद्दिकले मदरसा जामेया फैजाने अहले बैतमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठनका लागि दान गरेका थिए ।
८ जना विद्यार्थी दिक्षित
त्यस्तै जलसा कार्यक्रममा ८ जना विद्यार्थीहरुलाई दिक्षित पनि गरिएको छ । ईस्लाम धर्मको पवित्र किताब कुरान मजिदलाई राम्रो तरिकाले पढन सिकेका ८ जना विद्यार्थीहरुलाई उक्त समारोह बिच दिक्षित गरिएको छ । कुरान मजिदलाई सहि तरिकाले पढन सक्ने ति ८ जना विद्यार्थीहरुलाई केरतको दस्तार दिन तिनको टाउकोमा पगडी बाँधी दिक्षितको प्रमाण प्रत्र प्रदान गरिएको छ । दिक्षित भएका ति विद्यार्थीहरु अब शिक्षकको रुपमा कुनैपनि मदरसा केरात पढाउन सक्ने मदरसाका अध्यक्ष सैयद गुलाम हुसैनले बताए ।
पत्रकार हुसैनलाई एवार्ड प्रदान
जलसा कार्यक्रममा पत्रकार हुसैन अंसारीलाई एवार्ड प्रदान गरिएको छ । नवलपरासी जिल्लामा मुस्लिम समुदायबाट पहिलो मुस्लिम पत्रकारको रुपमा स्थापित भएकाले हुसैनलाई एवार्ड दिदै सम्मान गरिएको छ । पत्रकार हुसैनले मुस्लिम समुदायको धार्मिक संरक्षण र प्रवद्र्धनका लागि विगत ५ वर्षदेखि कलम चलाउदै आएकाले पत्रकार हुसैनको कार्य मुल्याङ्कन गर्दै मदरसा जाफिया फैजाने अहले बैतले विभिन्न धर्मावलब्धीहरुको हातबाट एवार्ड प्रदान गर्दै सम्मान गरेको हो ।
त्यसबैबिच जलसा कार्यक्रममा प्रमुख अतिथि एवं अल ओल्मा मशाएख बोर्ड ईण्डियाका अध्यक्ष मौलाना सैयद अशरफ मिँयाले ईस्लाम धर्मको संरक्षणका लागि सबै मुस्लिमहरु एकजुट हुनु पर्ने बताएका छन् । ईस्लाम धर्मको संरक्षण र मुस्लिम समुदायमा सामाजिक चनचेता फैलाउन नेपाल सरकारको विशेष पहल हुनु पर्ने बताए । अध्यक्ष मिँयाले भने, नेपालमा पनि ईस्लाम धर्मको उच्च शिक्षाको पठन पाठन हुनु पर्छ । भारत र विभिन्न देशबाट उर्दु÷आरबी शिक्षा हासिल गरेका शिक्षकहरुलाई पनि नेपालमा उर्दु÷आरबी शिक्षकको दरबन्दी मिलाउन सरकारलाई आग्रह गरे ।
त्यसैगरि विशिष्ट अतिथि एवं मौलना सैयद गुलाम गौसले अल्पसंख्यकको रुपमा रहेको मुस्लिमहरुको संरक्षण र सो समुदायको प्रवद्र्धनका लागि सरकारको ध्यनान पुग्न जरुरी रहेको बताए । मौलाना गौसले भने, ईस्लाम सामाजिक सन्देश दिने र देशमा शान्तीको कामना गर्ने समुदाय रहेकाले यसको धर्मको संरक्षण र प्रवद्धर्नमा सरकारले विशेष पहल गर्नु पर्ने बताए । त्यस्तै विशेष अतिथि मौलना सैयद आशिफ मिँया र मौलाना ईस्लामुद्दिन अयुबीले पनि मुस्लिम एकताले मुस्लिमको हक–अधिकार स्थापितमा मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्
जलसा कार्यक्रममा अध्यक्ष सैयद गुलाम हुसैन मिँया, मौलाना उमर अलि, मौलाना मोहरम अलि धुनिया, मौलाना सेराज अंसारी, मौलाना ताजुद्दिन अली, मौलाना अमिरुल्लाह अंसारी, हाजी ईजहार मिँया, हाजी ईस्हाक मिँया, हाजी अलाउद्दिन अंसारी, युवा समाजसेवी अब्दुस्सत्तार मिँया, ईजहार मिँया, अमिरुल्लाह मिँया, कासिद अली, तैयब अलि लगायतले नेपालमा पनि उच्च उर्दुको शिक्षा व्यवस्था संगै उर्दु शिक्षकको पनि दरबन्दी हुनु पर्ने सरकार संग जोडदार माग गरेका थिए ।