नवलपरासी, २ माघ ।
नवलपरासीको परासीमा रहेको परासी खानेपानी तथा सरसफाई उपभोक्ता समितीको कार्यालयमा नियम बिपरित एक जना कर्मचारी भर्ना गरेपछि उपभोक्ताहरुले बिरोध जनाएका छन् ।
बिना सुचना पदपुर्ति समितीका पदाधिकारीहरुको मिलोमतोमा कर्मचारी भर्ना गरिएपछि सर्वसाधरण उपभोक्ताहरुले बिरोध जनाउदै सो कार्यालय सहयोगी पदमा लिएको भर्ना खारेजीको माग गरेका हुन् ।
उपभोक्ताहरुले समितीको आर्थिक स्थिती बलियो नभएको अवस्थामा र स्थानियलाई प्राथमिकता नदिई प्रकृया बिनानै कर्मचारी भर्ना गरेको भन्दै स्थानियहरुले सो भर्ना बदर गर्न माग गरेका हुन् ।
स्थानियहरुले तत्काल नियुक्ती खारेज गर्न माग राख्दै जिल्ला प्रशासन कार्यालय, खानेपानी डिभिजन कार्यालय, रामग्राम नगरपालिका, नागरिक समाज, पत्रकार महासंघमा निबेदन दिएका छन् ।
यस बारे समितीका अध्यक्ष रामबृक्ष यादवले बुधबार समितीको बैठकले सो पदमा सुचना प्रकाशन गरि भर्ना प्रकृया अघि बढाईने प्रतिकृया दिनुभयो ।