परासीमा फागुनमा नवलपरासी औद्योगिक व्यापार मेला हुने

7
बिज्ञापन

नवलपरासी माघ ९ गते ।

जिल्लाको सदरमुकाम परासीमा आगामी फागुनमा नवलपरासी औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ ।

Advertisement

उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष भिम बहादुर थापाको अध्यक्षतामा परासीमा आज बसेको पाँचौं कार्यकारीणी
समितिको बैठकले परासीमा फागुन १६ देखि २७ गतेसम्म चौथो नवलपरासी औद्योगिक व्यापार मेला २०७४ आयोजना गर्ने निर्णय गरेको हो ।

उद्योग वाणिज्य संघ नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य सहयोगी संघसंस्थाहरुको सहयोगमा जिल्लाको उद्योग, व्यापार पर्यटन कृषि आईटि प्रविधिको विकासका लागि सो मेला यसपटक परासीमा गर्ने निर्णय गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

यसअघि दुई पटक सुनवल र एक पटक परासीमै मेला सञ्चालन गरिएको थियो ।

Advertisement