उमेश बि.क /नवलपरासी
पछिल्लो समयमा थारु गीत सङ्गितले पनि निकै फड्को मार्दै गएको छ । एक पछि अर्को नयाँ नयाँ कलाकार जन्मीरहेका छन् ।
यसै क्रममा नवलपरासी जिल्ला रामग्राम नगरपालिका १० नदवा घर भएका थारु कलाकार सुरज चाैधरी गाउमा रामलिलाबाट लक्षुमणकाे पात्रमा अाफ्नाे कलाकारिता सुरु गरेका थिए । त्यसपछि सामुदायिक रेडियो परासीबाट २०६७ सालमा भाेजपुरी कार्यक्रम “अापन मनके बात” बात स्रोता सामु चर्चित भए । र २०६८ सालबाट थारू बगिया नवलपरासीकाे अध्यक्षकाे रुपमा थारु कला संस्कृति जगेर्ना गर्दै गए ।
हाल माेडलिङ क्षेत्रमा तहल्का मच्चाउने तयारीमा जुटेका छन । थारु भाषाको (न दिनके ख्याल न रातके) बोलको गीतको म्युजिक भिडियो बजारमा अाउने अन्तिम तयारी पूरा भईसकेकाे माेडेल सुरज चाैधरीले जानकारी दिईएका छन। १ महिना अगाडि अडियो रिलिज गरेको यो गितको म्युजिक भिडियो असाेज महिनाकाे पहिलाे हप्तामा दर्शक स्रोता सामु अाउने भएको छ।
रूपन्देहीकाे शुद्धाेधन गाउँपालिका वार्ड न-१, सिसैका सांगीतिक क्षेत्रमा तहल्का मच्चाएका विगत एक दशकदेखि सांगीतिक क्षेत्रलाई अँगालेका र हाल सम्म डेढ दर्जन जति थारु गीत गाएर निकै चर्चामा अाएका गायक सरगम चाैधरी र दर्जनाै थारु गीत गाएर निकै चर्चामा अाएकी गायिका अनु चौधरीको सुमधुर आवाज रहेको गीतमा शब्द सङ्गीत सरगम चाैधरी ले भरेका छन् ।
चर्चित गायक, सङ्गितकार सरगम चाैधरी र अनु चौधरीकाे सुमधुर आवाज रहेको गीतको भिडियो धनगढी ,डढेलधुराका विभिन्न रमणिय ठाउँहरूमा छायांकन गरिएको छ । दर्जनाैँ भन्दा बढि थारु र भोजपुरी गितमा निर्देशन, कोरियोग्राफी गरि सकेका, चर्चित निर्देशक बिर चौधरीले यो गितमा निर्देशन तथा कोरियोग्राफी गरेका छन् । मोडेल सुरज चाैधरी तथा ४-५ अाेटा नेपाली फिल्ममा नायिकाकाे भुमिका निर्वाह गरिसकेकी माेडेल अनुराधा चौधरीको दमदार अभिनय रहेको छ ।