नवलपरासी १९ असार
शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको ९६औ जन्मजयन्ती को अवसरमा नेपाल बिद्यार्थी संघ पश्चिम नवलपरासीकाे अायाेजनामा तथा पावर नेपालकाे सहकार्यमा विपि स्मृति भवन परासीमा रक्तदान सम्पन्न भएको छ ।
नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधिराम पाैडेलकाे अध्यक्षता तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति नवलपरासी पश्चिमका कार्यवाहक सभापति श्री अर्जुन कुमार पोख्रेल ज्यू को प्रमुख अातित्यथामा कार्यक्रम सम्पन्न भएको हाे ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता कुलदिप प्रसाद अाचार्य लगाएत नेता , भातृ संगठनका नेता लगाएत नेविसंघ नवलपरासीका विद्यार्थी नेताहरुकाे वृहत् सहभागीता रहेकाे थियाे । रक्तदान कार्यक्रमकाे अवसरमा शिखर पुरुष गिरिजाप्रसाद काेईरालाकाे जिवनी तथा नेपालकाे राजनितीमा उहाकाे भुमिका विषयमा चर्चा भएको थियाे ।
कार्यक्रमकाे प्रमुख अतिथि रहनुभएका पाेखरेलले काेराेना महामारिका कारण रगत अभाव भएकाे तथा देशनै अस्तब्यस्त रहेकाे अवस्थामा नेबिसंघले रक्तदान गरेर पुन्य कार्य गरेकाे बताउनु भयाे साथै उपस्थित सम्पुर्णलाई रक्तदान गर्न अावह्वान गर्नु भएकाे थियाे । पछिल्लो समय राजनीतिका मुद्दा र खिचातानीमा अल्झाउनु भन्दा विश्वले नै भाेगीरहेकाे शताब्दीकै चुनाैती काेराेना भाईरसकाे समाधानमा सरकार लाग्नुपर्ने र त्यसका निम्ती हरेक तह र तप्काबाट नागरीकले साथ दिनु अनिवार्य हुने भएकाले रगतकाे अभाव नहाेस भनी याे कार्यक्रमकाे याेजना ल्याएकाे नेविसंघ नवलपरासी सभापति दधिराम पाैडेलले बताउनुभयाे । पाैडेलले फरक प्रसङ्गमा बाेल्दै शान्तिका महानायक स्वर्गीय गिरिजा प्रसाद काेईरालाकाे जन्मजयन्तिकाे अवसरमा रक्तदान गर्नुहुने तथा काेराेना महामारिका वावजुतपनि कार्यक्रमलाई सफल बनाउन सहयाेग गर्ने सम्पुर्णमा कृतज्ञता समेत प्रकट गर्नुभयाे ।
रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । कार्यवाहक सभापति अर्जुन कुमार पाेखरेल, जिल्ला सदस्य बिरेन्द्र कुमार अग्रहरि लगायतले रक्तदान गर्नु भएकाे थियाे ।
कार्यक्रममा बिद्यार्थी नेता अविनाश रेग्मी, किसाेर गैरे, सुरज पाण्डे, शुभान अलि पठान, मिलन भण्डारि, युवराज पाण्डे, प्रदिप अर्याल, राेशन शाह, अमन गुप्ता, ममता सिंह लगायतकाे उपस्थिति रहेकाे थियाे भने प्रदेश सभाका उम्मेदवार गुण निधि तिवारि, पार्टीतर्फ जिल्ला सदस्यहरु अारधना भट्ट, मधु रेग्मी, सीता कुवरलगायतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा संघिय निर्वाचन क्षेत्र नं १ क्षेत्रिय सभापति सभापति मुकुल अाचार्य, क्षेत्र नं १, क का सभापति बेद प्रसाद शर्मा, संघिय निर्वाचन क्षेत्र नं २ ख का सभापति दिनेशमणि पटेल, रामग्राम सभापति नारायण रेग्मी, सचिव उमासंकर श्रीवास्तव, वर्दघाट नगर सह सभापति दामाेदर जिसि, महिला संघ उप सभापति मिठु केसि लगायत नेतागणहरुकाे उपस्थिति रहेकाे थियाे ।