नेपाल रेडक्रस सोसाइटी प्रदेश समितिमा शम्भु पोख्रेल

27

बुटवल

नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाको आतिथ्यतामा चैत्र २०-२१ गते लुम्बिनीमा सम्पन्न ५ नं. प्रदेशको प्रथम प्रदेश अधिबेशनले अर्घाखाँचीका सभापति शम्भु पोख्रेल अध्यक्ष रहेको १२ सदस्यीय प्रदेश समिती सर्वसम्मत रुपमा चयन गरेको छ।

Advertisement

समितिको उपाध्यक्षमा बर्दियाका किरण श्रेष्ठ जोशी, महासचिवमा रुपन्देहीका कृष्ण पगेनी, कोषाध्यक्षमा बाकेका राज कुमार बर्मा, उपमहासचिवमा दाङका ईश्वर पोख्रेल, उपकोषाध्यक्षमा रुकुमपुर्वका दामोदर पौडेल र सदस्यहरुमा कपिलवस्तुका केशव सिह, पाल्पाका कृष्ण अधिकारी, गुल्मीका राधा पन्थी, नवलपरासीका हैदर अलि, रोल्पाका मान बहादुर घर्ती मगर र प्युठानका मिना गिरी रहेका छन ।

अधिबेशनको उद्घाटनमा प्रमुख अतिथि प्रदेश सरकारका सामाजिक बिकास मन्त्री सुदर्शन बराल, बिशिस्ट अतिथि प्रदेश सभा सदस्य फकुरिद्धिन खान, रेडक्रसका केन्द्रिय उपमहामन्त्री हरि नेउपाने, केन्द्रिय सदस्यहरु अजित शर्मा, सुदर्शन नेपाल, शशी पन्थी, सुर्यचन्द्र नेउपाने, भगवती शर्मा, नवलकिसोर पुन र रुपन्देही सभापति प्रेमलाल उदास लगायतको मन्तव्य रहेको कार्यक्रम प्रदेश तदर्थ समितिका सदस्य कृष्ण पगेनीको स्वागत र नवराज ढुंगानाको संचालनमा सप्पन्न भएको थियोे ।

Advertisement