7.2 C
New York
Saturday, November 30, 2024

Buy now

spot_img
spot_img

नेपाल मुस्लिम विश्वविद्यालयको पूर्वाधार विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न

spot_img
spot_img

सनिउल्ला धोबी, कपिलवस्तु ।

नेपाल मुस्लिम विश्वविद्यालयको पूर्वाधार विकासका लागि असोज १८ गते कपिलवस्तुको विजय नगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा मुख्य अतिथि मारकज केरला भारतका मुहम्मद अबुबकर सिद्दिकले विश्वविद्यालयको पूर्वाधार र शैक्षिक स्तर उकास्न महत्त्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

लुम्बिनी प्रदेश सभा सदस्य पुर्वमन्त्री अर्जुन कुमार केसीले मुस्लिम विश्वविद्यालय आवस्यक रहेको बताउनु भयो । कार्यक्रममा नेपालका प्रतिष्ठित इस्लामिक विद्वानहरू गुलशन-ए-फातिमा इन्स्टिट्युटका निर्देशक मौलाना अब्दुल जलिल निजामी, ख्वाजा बुक डिपोका मालिक मौलाना गुलाम हसन मिस्बाही, नेपाल ओपन युनिभर्सिटीका प्राध्यापक डा. मोबस्सिर हसन लगायतका व्यक्तित्वहरूले सहभागिता जनाएका थिए । कार्यक्रमको अध्यक्षता गोपाल बहादुर थापाले गर्नुभएको थियो।

यो अन्तरक्रियाको मुख्य उद्देश्य विश्वविद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधारमा सुधार गर्दै मुस्लिम समुदायका विद्यार्थीहरूको शैक्षिक अवसरलाई सबल पार्नु रहेको थियो । सहभागीहरूले विश्वविद्यालयको विकासमा आवश्यक पहल गर्न सरकारसँग सहकार्यको आवश्यकता औंल्याए ।

कार्यक्रममा नेपाल ओपन युनिभर्सिटी, भारतका इस्लामिक शैक्षिक संस्था, र अन्य विविध संघसंस्थाले नेपाल मुस्लिम विश्वविद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme