काठमाडौं – भारत नेपाल विकास सहयोग साझेदारी कार्यक्रम बारेमा समिक्षा गरिएको छ ।
नेपालका लागि भारतका राजदूत (भारतीय राजदूतावास काठमाडौं) र माननीय अर्थमन्त्री डा. प्रकाश एस महतले आयोजनाहरुको पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक आयोजना सम्पन्न भएको छ । दुवै पक्षले चलिरहेका आयोजना र भावी सहयोगका सम्भावित क्षेत्रहरूमा विशेष जोड दिँदै समग्र विकास सहयोगका बारेमा गहिरो छलफल गरेका छ्न । नेपालमा भारत सरकारको सहयोगमा आर्थिक सहयोग, शैक्षिक सहयोग बाटो निर्माण लगायतको सहयोग गर्दै आएको छ ।
नेपालस्थित भारतको राजदूतावासले विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरूलाई एम्बुलेन्स र स्कूल बस उपहार उपलब्ध गराएका थिए । नेपालीको पश्चिम् जिल्लाहरु जाजरकोट, रुकुममा आएको भुकम्प पीडितका लागि स्वास्थ्य सामाग्री, त्रिपाल र अन्य सामाग्री गरि चार पटक भारतिय सुरक्षा निकायले ल्याएको हो ।