बिज्ञापन

सहबान अन्सारी, १२ मंसीर नवलपरासी ।

नेपाल भारत नाका आज देखी पुर्ण रुपमा बन्द गरिएको छ । भारतको उत्तर प्रदेश नगर निगमको चुनावको लागी बुधवार मतदान हुने भएको हुदाँ सिमा नाकाहरु बन्त्द गरिएका हुन् ।

Advertisement

नगरनिगमको मतदान शान्तीपुर्ण गराउन तथा मतदानमा अबैध घुसपैठ नियन्त्रण गर्नका लागी बुधवार बेलुकी ५ बजे सम्मका लागी आवत जावत पुर्ण रुपमा रोक लगाईएको सशस्त्र सिमा बल यस.यस.बी. झुलनीपुरले जनाएको छ!

नवलपरासीको बिभिन्न झुलनीपुर, भुजहवा महेशपुर लगायत नाकाहरु सोमवार राति देखी ४८ घण्टाको लागी बन्द गरिएपछि नाकाकाे अावातजावत पुर्णरूपमा ठप्प भएकाे छ । नाकाकाे अावागमन ठप्प बनाइएपछि नेपालभारत अावातजावत गर्न खाेजेका यात्रुहरू सास्तीमा परेका छन् ।

भारतीय सीमामा तैनात गरिएकाे भारतीय अर्धसैनिक बल एसएसबीले अावागमनमा कडाइ गरेपछि साप्ताहिक हाटबजार समेत प्रभावित बनेकाे छ ।

Advertisement