4.8 C
New York
Friday, December 1, 2023

Buy now

spot_img
Newspaper WordPress Theme

सुरक्षाकर्मीद्वारा संयुक्त रूपमा छठघाट सरसफाइ

spot_img

संजय कुशवाहा, नवलपरासी । नेपाल प्रहरी र सशस्त्र प्रहरीले समाजमा शान्ति सुरक्षा दिनुको साथसाथै संस्कृति संरक्षण तथा स्थानीय क्षेत्रको वातावरणीय सरसफाई कार्यमा समेत सहभागिता जनाउंदै आएकाे छ।

यस क्रममा प्रहरीकाे सहभागितामा हिन्दुहरुको महान पर्व छठको अवसरमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न. ६ हरपुर (झुलनीपुर)मा रहेको छठघाटकाे सरसफाइ तथा रंगराेगन गरिएकाे छ ।

साे सरसफाइ सशस्त्र प्रहरी बि ओ पी गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक उत्तम सिलवालको नेतृत्वमा रहेको सशस्त्र प्रहरी टोली तथा स्थानीय प्रहरी चौकी गुठी परसौनी प्रमुख बिकाउ शाहको नेतृत्वमा जनपथ प्रहरीकाे टोलीकाे सहभागितामा हरपुर स्थित झुलनिपुर छठघाट, झुलनीपुर बजार लगायतको स्थानहरुमा सरसफाई गरिएको हाे । जनप्रतिनिधिका साथै स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

छठघाट सरसफाइ तथा रंगरोगन कार्यकाे प्रहरीकाे चौतर्फी प्रशंसा गरिएको छ ।

तराईमा धुमधामले मनाइने छठ पर्वका श्रद्धालु भक्तजनले आइतबार अस्ताउंदो र सोमबार उदाउंदो सुर्यलाइ अर्घ दिएर पूजापाठ गरेपछि छठ पर्व विधिवत रुपमा सम्पन्न हुनेछ ।

- Advertisement -
spot_img

संबन्धित

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme