![](https://onlinejanata.com/wp-content/uploads/2024/12/1000003986-462x1024.jpg)
![](https://onlinejanata.com/wp-content/uploads/2024/12/1000003985-462x1024.jpg)
पप्पु रेग्मी, बर्दघाट, २६ मंसिर २०८१।
नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी जिल्लाकाे आसन्न निर्वाचनका लागि बुधवार उम्मेदवारको मनोनय दर्ता भएको छ । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालले केन्द्र, प्रदेश र जिल्लामा तालमेल गरी सहमति अनुसार नवलपरासी जिल्लामा प्रेस युनियनले नेतृत्व गर्ने र प्रेस चाैतारीसंग सहमतिमा निर्वाचनमा जाने भने पनि प्रेस चौतारी नेपालकाे अध्यक्ष पदकालागि आपसी समझदारी हुन नसक्दा २ जनाले उम्मेदवारी गरे पछि आपसी तालमेलमा नभई निर्वाचन हुने भएको हाे । महासंघको अध्यक्ष पदमा ३ जना उम्मेदवारका बिच निर्वाचन हुने भएको छ ।
अध्यक्षमा पदमा नेपाल प्रेस युनियनबाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हुनु भएकाे पत्रकार पुरुषाेत्तम सुवेदीले महासंघको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नु भएको छ भने प्रेस चौतारीबाट दुई जनाले उम्मेदवारी दर्ता गरेका छन । नेपाल पत्रकार महासंघका पूर्व सभापति पत्रकार केशव पराजुली र प्रेस चाैतारी नेपालका सल्लाहाकार कुस्माखर ढकाल २ जनाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनु भएको छ । अध्यक्ष पदमा जम्मा ३ जनाले उम्मेदवारी दिएका छन ।
यसै गरि, महासंघको अन्य पदमा पनि २।२ जनाको उम्मेदवारी परेको छ जसकाे उपाध्यक्ष खुल्ला तर्फ प्रेस युनियनका प्रकाश न्यौपाने र प्रेस चौतारीका विकास अधिकारीले उम्मेदवारी गर्नु भएको छ भने उपाध्यक्ष (महिला) तर्फ उर्मिला र विष्णु खनाल रहनु भएको छ । महासंघको सचिव पदमा अनिल यादव र मोहन पौडेलकाे उम्मेदवारी रहेको छ ।
सह-सचिव(खुल्ला) तर्फ इन्द्र कुमार रेग्मी र प्रदिप पाठक, सह-सचिव (समावेशी) तर्फ सद्दाम हुसैन अन्सारी र गौरीशंकर जयसवालको उम्मेदवारी परेको छ । महासंघको कोषाध्यक्षमा भने श्याम बुचा मगरको एकल उम्मेदवारी परेको निर्वाचन समितिका संयाेजक ताराचन्द्र बर्माले जानकारी दिनुभयो ।
यसैगरि, महासंघको ८ जनाकाे सदस्य पदमा ११ जनाको उम्मेदवारी परेको छ । जसमा सदस्य (खुल्ला) तर्फ पत्रकार पप्पु रेग्मी, दीपक खनाल, मुक्तिनाथ तिवारी, संजिव कोइराला, रामु भुषाल र रेनुका चौधरीले उम्मेदवारी दिनु भएको छ ।
यस्तै सदस्य(दलित) तर्फ उमेश कुमार वि.क. १ जनाकाे उम्मेदवारी परेको छ । सदस्य (जनजाती) तर्फ राज चौधरी र सदस्य (महिला) तर्फ गिता भट्टराईकाे पनि १/१ जनाकाे उम्मेदवारी रहेको छ । त्यसैगरी, राष्ट्रिय परिषद सदस्यमा निवर्तमान अध्यक्ष हरि शर्मा र प्रदेश परिषद सदस्यमा महासंघका पूर्व सभापति टिकाराम गैरेले उम्मेदवारी दिनु भएको छ । निर्वाचन समितिका अनुसार उम्मेदवारले आ-आफ्नो उम्मेदवारी फिर्ता लिन विहिवार २ बजे सम्मको समय निर्धाण गरिएको छ भने, मतदान आगामी २८ गते शुक्रवार हुने निर्वाचन समितिका संयोजक बर्माले जानकारी दिनुभयो ।