श्याम थापा
सुस्ता ६ मंसिर ।
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवकरण प्रसाद कलवार र निर्वाचन क्षेत्र न.१ ख का प्रदेश सभा सदस्यका उम्मेदवार मुकुल कुमार आचार्यले प्रतापपुर गाउँपालिकाको वार्ड न २ अन्तर्गत घोडहा, सोनबर्षा र सेमरी गरि विभिन्न टोलहरुमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन ।
त्यस्तै प्रतिनिधि सभा सदस्यको उम्मेदवार देवकरण प्रसाद कलवार र प्रदेश सभा क का प्रदेश सभा सदस्यका उम्मेदवार बिक्रम खनालले पनि नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न १ को प्रदेश सभा क अन्तर्गत बर्दघाट नगरपालिकाको वार्ड न २ धुरकोट अन्तर्गत चाबाचा , घण्टे टोल, घान्सीटोल, बिहारी, पोखरी डाडा, बास खोला, संसारकोट, धबिया, तिलकानी,
कोणसभा कार्यक्रममा बोल्दै प्रदेश सभा ख का उम्मेदवार एवम पुर्व सांसद बिक्रम खनालले सुखमा हास्ने साथी र दुखमा रुईदिने साथी भनेको नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरु मात्र रहेको बताउनु भयो ।
त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम पुर्व सांसद देवकरण प्रसाद कलवारले आफू पहिला सांसद भएको बेलामा बिकासको कार्य नवलपरासी जिल्लाको ऎतिहासिक ठाउ सुस्ता बाट सुरु गरेको र अब आफू बिजयी भयो भने बर्दघाट नगरपालिकाको धुरकोट बाट बिकास कार्य सुरु गर्ने मतदाताहरुसंग प्रतिबद्धता जाएर गर्नु भयो ।