नेपाली कांग्रेस नवलपरासी पश्चिममा समायाेजन

28

नवलपरासी, २० कार्तिक

पार्टीका विभिन्न निकायहरुकाे स्थानिय तह समायाेजन गर्ने प्रकृया नेपाली कांग्रेस नवलपरासी पश्चिमले अाज बुधवारदेखि सुनवल नगरपालिकाबाट सुरु गरेकाे छ ।

समायाेजन प्रकृया अन्तर्गत साविक सुनवल नपा का सभापति साेम बहादुर रायमाझी सभापति, साविक रामनगर गाउँ बिकास समितिका सभापति राम बहादुर क्षेत्री उप सभापति, त्यस्तै गरि यम प्रसाद पाण्डे र बिष्णु प्रसाद भट्टराई उपसभापति, जयराम बस्याल, गाेबिन्द ढकाल र कमल प्रसाद चुवाई सचिव, सह सचिवमा राधा के सी, देबु भट्टराई,  काेषाध्यक्षमा नेत्र प्रसाद भट्टराई लगायत ३६ सदस्यीय सुनवल नगर कार्य समिति गठन गरिएकाे हाे ।

साबिक सुनवल नगरपालिका वडा नं १ देखि १० सम्मका वडा कार्य समिति यथावत रहेकाे छ भने साबिककाे रामनगर गाउँ बिकास समिति हाल सुनवल नपा वडा नं ११,१२ र १३ मा नयाँ सभापति निर्वाचित हुनु भएकाे छ । वडा नं ११ मा टेक नारायण यादव, वडा नं १२ मा टुनाखर पाण्डे र वडा नं १३ मा शाेभाखर पाण्डे निर्वाचित हुनु भएकाे नेपाली काङ्ग्रेस नवलपरासी पश्चिमका कार्यालय सचिव दधि राम पाैडेलले बताउनु भयाे ।

त्यसै गरि बिहिवार रामग्राम नपा, २२ गते पाल्हिनन्दन, २३ गते बर्दघाट, २४ गते प्रतापपुर र सुस्ता गा पा र २५ गते सरावल गाउँ पालिकाकाे समायाेजन हुने तय गरिएको छ । यश अगाबै दुई वटा संघिय क्षेत्र तथा त्यस मातहत रहेका प्रदेश सभा क्षेत्रिय कार्य समिति गठन भै सकेकाे छ ।

समायोजन प्रकृया संघिय क्षेत्र नं २ क का सभापति अमृत सिह जि सि काे सभापतित्व, समायाेजन प्रकृयाका केन्द्रीय प्रतिनिधि बरिष्ठ अधिवक्ता थिरलाल पराजुलीकाे अातिथ्यता तथा नवलपरासी पश्चिमका कार्यवाहक सभापति अर्जुन कुमार पाेखरेलकाे विशेष उपस्थितिमा सम्पन्न भएकाे थियाे ।