नन्दु यादव/संजय कुशवाहा, नवलपरासी मंसिर १५ ।
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न.१ मा नेपाली काङ्ग्रेस पार्टीका उम्मेदवारहरुले आफ्नो निर्वाचन क्षेत्रको विभिन्न ठाउँठाउँमा घरदैलो तथा मतदाता भेटघाट गरि प्रतापपुर गाउँपालिका वाडा न. ७ गुठी सुर्यपुरामा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ ।
नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिमका निर्वाचन क्षेत्र न.१ नेपाली काङ्ग्रेस सुरजपुराका इकाइ सभापति विश्व बन्धु यादवकाे अध्यक्षयता तथा निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार देवकरण प्रसाद कलवार (सन्तु ) को प्रमुख अतिथ्यतामा कार्यक्रम सञ्चालन भएकाे थियाे ।
निर्वाचन क्षेत्र न.१ प्रदेश सभा ख का प्रदेश सभाका उम्मेदवार मुकुल कुमार आचार्यको विशेष अतिथ्यतामा भएको कोणसभामा उम्मेदवार आचार्यले देशलाई विकासाेन्मुख देश बनाउनको लागि र युवाहरु बेरोजगार हुन बाट बचाउनको लागि नेपाली काङ्ग्रेसको जित बाट मात्र संभव हुने नेता आचार्यले जिकिर गर्नु भएको थियो ।
नेपाली काङ्ग्रेसका नेता एवम प्रतिनिधि सभा सदस्यका उम्मेदवार कलवारले लोकतन्त्र शान्ति तथा विकासको लागि काग्रेस सधै अग्रसर रहेको साथ लोकतन्त्र बहालीको लडाई रहेको हुदा नेपाली काग्रेसको जित आवश्यक रहेको धारणा ब्यक्त गर्नु भएको थियो साथै कोणसभामा बोल्दै नेता कलवारले नेपाली काग्रेसलाई निर्वाचन क्षेत्र न. १ बाट जिताउन मतदाताहरूमा आग्रह समेत गर्नु भयो ।
कोणसभा कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ९५ जनाले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । कोणसभा कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता उमेश चन्द्र यादव, राजु अधिकारी, दिपा चौधरी, कनहिया हरीजन, राज कुमार शर्मा लगायतले कोणसभालाई सम्बोधन गर्दै यस निर्वाचनक्षेत्रलाइ काङ्ग्रेसमय बनाउने प्रतिबद्धता गर्नु भएको छ ।