सहबान अन्सारी, २४ कार्तिक नवलपरासी ।
नेपाली कांग्रेस प्रतापपुर गाऊपालिकाले परसौनीमा शुभकामना अादानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ६ र ८ को संयुक्त आयोजना रहेकाे थियाे ।
कार्यक्रममा रामप्रसाद पालको अध्यक्षता तथा नेपाली काग्रेसको जिल्ला कार्यवाहक सभापति अर्जुन पोखरेलको प्रमुख अथित्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले नेपाली काग्रेसको कार्यकर्ताहरुलाई एकजुट भई अगाडी बढन आग्रह गर्नु भयो ।
कार्यक्रममा पुर्व सांसद बिक्रम खनाल, देवकरन कलवार, उमेश चन्द्र यादव, कुलदिप आचार्य, विश्वप्रेम पाठक, मुकुल आचार्य लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
बिभिन्न पार्टी परित्याग गरी ४ जनाले नेपाली काग्रेसमा प्रवेश गरेका थिए । कार्यक्रम वडा दशै, दिपावली, छठ पर्व, क्रिसमस डे तथा मुहम्मद जयन्तिको अवसरमा अायाेजना गरिएकाे थियाे ।