पप्पु रेग्मी, नवलपरासी २९ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का स्थाई समितीका सदस्य परी थापाले नेपालमा अहिले भ्रष्टाचार बढदै गएको बताउनु भएको छ ।
पछिल्लो समयमा कम्युनिष्टहरुले पालैपालो सरकारमा सहभागी भई रहदा भ्रष्टाचारको मात्रा घटनुको सट्टा झन संगठित रुपमा डरलाग्दो तरिकाले भ्रष्टाचार मौलाउदै गएको बताउनु भएको छ । अहिले राजनैतिक शक्तिको आडमा राजनैतिक क्षेत्रबाट लिएर नोकरीतन्त्र सम्म संगठित रुपमा भ्रष्टाचार मौलाउदै गएको क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीको आयोजनामा शनिवार बर्दघाटमा भएको पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नेता थापाले नेपालमा कथित कम्युनिष्टहरुको सरकार बन्दै गर्दा संगठित रुपमा भ्रष्टचार बढ्दै गएको साथै भ्रष्टाचारको तातो उदाहरणका रुपमा पछिल्ला समयमा भएका निर्वाचनहरुमा राजनैतिक पार्टीहरुले निर्वाचनको खर्च आफै तोक्ने र आफै त्यो मापदण्डलाई लत्ताउदै पैसाको खोलो बगाउने जुन प्रतिस्पर्धा चलाए यो संगठित भ्रष्टाचारको उदाहरण भएको थापाले बताउनुभयो ।
अहिले हालै मुलुकमा सम्पन्न भएको पछिल्लो निर्वाचनको प्रकृया नै उल्टो भएको हुदा निर्वाचन ब्यस्थित पार्नकालागि पहिला प्रतिनीधि सभाको निर्वाचन प्रदेश सभाको र अन्तमा स्थानीय तहको निर्वाचन गर्नु पर्नेमा देशका तीन ठुला राजनैतिक पार्टीहरुले निर्वाचनको गलत तरिका प्रयोग गरेको आरोप लगाउनुभयो ।
कार्यक्रम क्रान्तिकारी पत्रकार महासंघ नवलपरासीका अध्यक्ष घनश्याम पोखरेलको अध्यक्षतामा बर्दघाटमा सम्पन्न भएको थियो ।