बाँके । नेपालगन्जमा शान्ति सद्भाव कायम गर्न मंगलवार बिहान सद्भाव र्यालीको गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वपक्षीय बैठकले बिहान ७:३० बजे बिपी चौकबाट सद्भाव र्याली निकाल्ने निर्णय गरेको छ । सो र्यालीमा सहभागी हुन सबैमा अनुरोध गर्ने आव्हान गरिएको छ ।
सामाजिक सञ्जाल फेशबुकमा धार्मिक खलल पुर्याउने खालकाे लेखिएकाे स्टेटसले सामाजिक सदभाव बिगारेकाे अवस्थामा दुबै पक्षका अगुवाहरूकाे सहभागितामा जिल्ला प्रशासन कार्यालयले छलफल गराएकाे थियाे । सदभाव कायम राख्न दुबै धर्मावलम्बीहरूकाे संयुक्त र्याली गरिन थालिएकाे छ ।
कार्यालयमा सम्पन्न बैठकमा विभिन्न राजनीतिक दल, समाजसेवी, ब्यापारी, मानवअधिकारकर्मीको समेत सहभागिता रहेको श्रोतले जनाएको हो ।