नेकपा विप्लव समुहको अन्तरक्रिया, १३ गते संघर्षका कार्यक्रमहरु तय गर्दै

5

शिव डुम्रे, बुटवल फाल्गुण १२ ।

नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिट्व्यूरो सदस्य पदम राईलाई गिरफ्तार गरेको र आफ्नो पार्टीका खुला सभा, सम्मेलनहरुमा प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै पछिल्लो समय संघर्षमा उत्रेको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले गरेको ज्यादती र लोकतन्त्रको विषयमा अन्तरक्रिया मार्फत विराेध जनाएकाे छ ।

अन्तक्रिर्यामा बोल्ने धेरैजसो बुद्धिजीवि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुले शान्तिपूर्ण कार्यक्रमहरुमा हस्तक्षेप गर्नु निन्दनीय रहेको बताएका छन् । संविधानले ग्यारेन्टी गरेको स्वतन्त्रताको हक अन्तर्गत शान्तिपूर्ण रुपमा भेला, सभा, सम्मेलन गर्न पाउनुपर्नेमा उनीहरुले जोड दिएका हुन् । राजनीतिक विषयहरुको हल राजनीतिक तबरबाटै खोज्नुपर्ने बताउँदै दमन गरेर समस्याहरुले झन विकराल रुप लिनसक्नेमा ध्यान दिनुपर्ने धेरैको भनाई रह्यो ।

रुपन्देहीको बुटवलमा सम्पन्न अन्तक्र्रियामा पार्टीका जिल्ला सेक्रेटेरी अमर आरसि, क्रान्तिकारी माओबादीका पुर्ब सेक्रेटेरी भुलबहादुर सुनारी, माओबादी केन्द्रका सहसंयोजक पुरन गुरुङ, राजमो सचिव दिपक पौडेल, काँग्रेसका जिल्ला प्रतिनिधि बिष्णु पोखरेल, बाम बुद्धिजीवी तथा लेखक दील साहनि, माक्सबादी बिचारमञ्चका अध्यक्ष युबराज पन्थी, राष्ट्रीय स्वाधीनता नागरिक अभियानका पदम कार्की, मालेमा अध्ययन केन्द्रका बिनबहादुर कुँवर, बरिस्ठ अधिबक्ता तेजप्रसाद कँडेल, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं लगायतले बोल्दै केपि वलि सरकारले स्वतन्त्र राजनितीक कार्यक्रममा माथी दमन गरेर लोकतन्त्रको खिल्ली उडाएको र पतनको बाटो अँगालेको बताएका छन। बक्ताहरुले वलि सरकार पञ्चायती व्यवस्थामा फर्कन खोजेको टिप्पणी समेत गरेका छन । बुटवलमा सम्पन्न अन्तरक्रियामा नवीन थारुको अध्यक्षता, शिशिर जिसीको संचालन र बिनोद खनालले स्वागत गरेका थिए ।

यस्तै यता कपिलवस्तुमा नेकपा कपिलवस्तुका सक्रेटेरी सुनिल थारु, जनमोर्चाका जिल्ला अध्यक्ष दधिराम आचार्य, माओवादी केन्द्रका देवराम अर्याल, एमालेका जिल्ला उपाध्यक्ष बाबुराम खनाल, संघिय समाजवादी फोरम बृजगोपाल गुप्ता, नेपाली कांग्रेसका ढोडेप्रसाद यादव, मानवअधिकारकर्मी रामप्रसाद ठाकुर, अग्रज कम्युनिष्ट नेता मेगराम ज्ञवाली, राप्रपाका रामकान्त चौधरी, जवि शाह लगायतले बोलेका थिए । सम्पन्न अन्तक्र्रिया कार्यक्रममा बक्ताहरुले संसदीय संविधान र लोकतन्तको मुल्यमान्यता भन्दा बिपरित गएर सभा सम्मेलन गर्न पाउने बिचार राख्न पाउने अधिकार लाई समेत बन्चित गरेको प्रति बक्ताहरुले बिरोध जनाएका छन। शम्भु थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन ममता वि.क. र स्वागत केवल घर्तीले गरेका थिए ।

यस्तै यता नवलपरासीमा पनि पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तक्रिया कार्यक्रममा बोल्दै प्रमुख अतिथीसमेत रहेका नेकपा नवलपरासीका ईन्चार्ज सुमन ज्ञवालीले सरकारले दमनकारी निती लिदैं जाने हो भने कल्पना नगरेको स्थितीमा अवस्था पुग्नसक्ने चेतावनी दिए । पार्टीले राष्ट्रियता, जनजीविका र जनतन्त्रका सवालमा आन्दोलनमा उत्रिएको भन्दै नामको भएपनि बाम सरकारले कम्युनिष्टलाई देखि नसहेको बताए ।

उनले गिरफ्तार नेता कार्यकर्तालाई तुरुन्त रिहा गरेर सरकारले अर्काे स्थिती ल्याउने ठाउँतिर नपुगोस् भन्दै परासीमा पनि विभिन्न आन्दोलनका चरणहरु रहेको बताए । त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला सेक्रेटरी डा. शिवशंकर बस्यालले सरकार दमन गर्ने ढंगले नआउँदा राम्रो हुने बताए । आफूहरुले कुनै संकटकाल लगाउनुपर्ने काम नगरेको भन्दै शान्तिपूर्ण कार्यक्रमहरु गर्न पाउनुपर्नेमा उनको जोड रहेको थियो ।

त्यस्तै यता अर्घाखाँचीमा सम्पन्न कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अथिति पार्टीका ईन्चार्ज कमल केसीले देश सकटरमा रहेको यसको निकासको लागि सबै एक हुनुपर्ने बताउनुभएको थियो नेपालमा बामगठबन्धन ले बामको खोल ओढी नेपाली जनतालाई गणतन्त्र र लोकतनत्रको सज्ञा दिने गरी नेपाली जनतामाथि ब्रमलुट गरेको बताउनुभयो कार्यक्रमा मन्तब्य राख्दै इन्चार्ज के.सी ले नेपालमा भएका प्राकृतिक सम्पदाको संरक्षण गर्न सके १२ बुदे सम्झौताको अक्षरश पालना गर्न सकेमा, नेपालका बामगठबन्धन भन्ने दलसँग आफ्नो पार्टीका एकता हुने आफ्नो पार्टीको निति बैक हान्ने प्रहरी चौकी हान्ने मान्छे मार्ने निति नरहेको यो सरकारले दमन गरेको खण्डमा त्यसको प्रतिरोध गर्ने उहाँले बताउनुभयो ।

यस्तै गरी गुल्मीमा पनि अन्तरक्र्रिया सम्पन्न भएको छ, अन्तक्र्रियामा बोल्दै नेकपा गुल्मीका ईन्चार्ज धिरज रानाले केपि प्रधानमन्त्री भए लगत्तै युवाहरुको सम्मेलनमा बिराटनगर पुगेका पार्टीका स्थायीसमिति सदस्य हेमन्त प्रकाश वलि सुदर्शन र पोलिट्ब्युरो सदस्य पदम राई लगायतलाई गिरफ्तार गरेपछि अब आफूहरु पनि प्रतिरोधमा उत्रनुपरेको बताए । हामी आन्दोलहरु हिंसात्मक नहोस् भन्ने चहान्छौं तर सरकारले शान्तिपूर्ण कार्यक्रमहरुमा हस्तक्षेप गरेर हिंसा नित्म्याउँदैछ, रानाले भने । यसैगरी पाल्पाले पनि पाल्पाको तानसेनमा कार्यक्रम गरेको थियो ।

गत ८ गते नेताहरुलाई समातेको विरोधमा नेपाल बन्द गरेको नेकपाले त्यसपछि लगत्तै अन्य संघर्षका कार्यक्रमहरु घोषणा गरेको थियो, घोषित कार्यक्रमहरुमा ११ गते प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने र १३ गतेबाट अन्य ठूला संघर्षका कार्यक्रमहरु गर्ने बताईएको छ । ६ गते पार्टीका नेताहरुलाई समातेपछि सार्वजनिक मुद्दा लगाउने तयारी भैरहेको छ, भने यता सडकमा संघर्ष तातिदै छ ।