पप्पु रेग्मी, बर्दघाट ।
नेकपा (क्रान्तिकारी माओवादी) परासी जिल्ला संगठन समितिको भेला तथा राष्ट्रिय सम्मेलन प्रतिनीधि चयन कार्यक्रम असोज ६ गते बर्दघाटमा हुने भएको छ ।
प्रदेश नम्बर ५ अन्तर्गत परासी जिल्ला संगठन समितिको आयोजनामा हुने सो भेलाले राष्ट्रिय सम्मेलनका लागि बैचारिक बहसका साथै प्रतिनीधि समेत चयन गर्ने जिल्ला सेक्रेटरी संकल्पले जानकारी दिनुभयो । मोहन बैद्य किरण
नेतृत्वको क्रािन्तकारी माओवादीमा नेपाली मौलिकतामा आधारित सशस्त्र जनबिद्रोहको कार्यनीतिबारे व्यापक बहस भइरहेको र उक्त बहसमा नेता कार्यकर्ताहरु लागेको बुझिएको छ ।
असाेज ६ गतेको भेलाबाट बैचारिक बहसलाई अगाडि बढाउदै परासी जिल्ला संगठनलाई नयाँ रुपमा विकास गर्ने क्रान्तिकारी माओवादीका नेताहरुले दावी गरेका छन् । उनीहरुका अनुसार पार्टीलाई चुस्तदु्रुस्त बनाउदै क्रान्तिकारी धारको रक्षा गर्नका लागि पार्टीका भेला सम्मेलनलाई गोप्य राख्ने निति समेत लिइएको सो पार्टीका नेता चोलाले
जानकारी दिनुभयो ।
देशभक्त जनगणतान्त्रिक मोर्चा तथा जनबर्गाीय मोर्चा संगठनलाई खुल्ला र पार्टीलाई भुमिगत राख्ने केन्द्रीय निति अनुसार आफुहरु संगठन बिस्तारमा लागेको क्रान्तिकारी माओवादी परासीले जनाएको छ । भेलामा
बर्दघाट नगरपालिका, सुनवल नगरपालिका, रामग्राम नगर पालिका, सरावल गाउपालिका, प्रतापपुर गाउँपालिका, सुस्ता गाउँपालिका र पाल्हीनन्दन गाउँपालिका गरी स्थानीयतहबाट ५० प्रतिनिधि सहभागी हुने सो पार्टीले जनाएको छ ।
त्यस्तै जनबर्गीय मोर्चा संगठनबाट २० जना र आयोजक गरी कुल १ सय ५ जना प्रतिनिधि जिल्ला भेलामा सहभागी हुने क्रान्तिकारी माओवादी परासी संगठन समितिले जनाएको छ ।