निषाद उत्थान केन्द्र नेपालद्वारा जातीय भेला सम्पन्न

22

श्याम थापा
सुस्ता २० माघ
निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीको आयोजनामा निषाद ९केवट० जातिहरुको भेला नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका स्थित पक्लिहवामा सम्पन्न भएको छ ।

निषाद उत्थान केन्द्र नेपाल पक्लिहवाका कोषाध्यक्ष राजकुमार निषाद ९केवट०को अध्यक्षयतामा र निषाद उत्थान केन्द्र नेपाल केन्द्रिय कार्यसमितिका माहासचिव ध्रुब लाल प्रसाद निषाद (केवट)को प्रमुखअतिथ्यतामा भएको निषाद जातीहरुको भेलामा सुस्ता गाउँपालिकाका करिब २०० जना निषाद जातिहरुको सहभागिता रहेको थियो ।

निषाद उत्थान केन्द्र नेपाल जिल्ला कार्यसमिति नवलपरासीका जिल्ला सदस्य सुरज निषाद९केवट०को संचालनमा भएको सो कार्यक्रममा सोनि निषाद, लाल वचन निषाद, जीवन निषाद, सरावल गाउँपालिका वार्ड न ५ का वडा अध्यक्ष दिनेश साहानी निषाद, बाबुराम निषाद केवट र पक्लिहवाका समाजसेवी बलवन्त यादव लगाएतका बक्ताहरुले आफ्नो जातीयहरुको हक अधिकारका लागि सधै अग्रसर हुनु पर्ने बक्ताहरुको जोड रहेको थियो ।