उमेश बि.क
नवलपरासी, ८ भदौ
नवलपरासीको सरावल गाउँपालिका वडा नं. ४ हात्तिवन स्थित बुद्धज्याेति प्राथमिक विद्यालय भवनकाे ताल्चा फुटाएर तिनवटा पंखा चाेरी गरिनुका साथै काेठाभित्रकाे ब्रेन्च ताेडफाेड गरी एकाे छ ।
निषेधाज्ञाकाे समयमा अज्ञात समुहद्धारा बुद्धज्याेति प्राथमिक बिद्यालय हात्तिवनमा चाेरी भएको बिद्यालयका प्र.अ बिनाेद पाण्डेयले बताए ।
ब्रेन्च ताेडफाेड र पंखा चोरीबाट करिब २० हजार बराबरको क्षति भएको र घटनामा संलग्नको खोजी भइरहेको प्रधानाध्यापक पाण्डेयले बताएका छन् ।