उमेश वि.क / सरावल ,७ पुस
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ८ फटकि टोलमा अाज निशुल्क पशु बिमा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतापपुर गाउँपालिका वडा नं. ८ का अति बिपन्न परिवारका लागि बाढी प्रभावित घरधुरीहरुकाे परिवारलाई ब्यवसायमुखि र अात्मनिर्भर बनाउने उद्देश्यले फटकिटाेल र बालुवाटाेलमा बितरण गरिएको बाख्राहरुलाई अाज निशुल्क पशु बिमा कार्यक्रम सम्पन्न भएको हाे।
बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्नलाभ कार्यक्रमकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा अाज निशुल्क पशु बिमा सम्पन्न भएको छ।
निशुल्क पशु बिमा फटकिटाेल र बालुवाटाेलका १०० वटा बाख्रा र ५ वटा बाेकाकाे स्वास्थ्य परिक्षण गरि शिखा बिमा कम्पनी बाट बिमा गरिएको हाे।
पशु बिमा शिखा बिमा कम्पनीका कृषि सहायक केशवमणि घिमिरेले गर्नुभएको हाे भने पशु स्वास्थ परिक्षण बिनयत्रिबेणि गाउँपालिका ना.सा.प्र बाबुराम पाैडेलले गर्नुभएको बिकल्पद्वारा सन्चालित तराई बाढी पुर्न:लाभ कार्यक्रमका फिल्ड काेडिनेटर रामनगिना गुप्ताले जानकारी दिनुभएको छ ।