श्याम थापा, सुस्ता १७ पुस ।
नवलपरासीकाे कुडिया, नरसही र पकलिहवा स्थित नारायणी नदिबाट गिट्टी, बालुवा र ढुंगाकाे अवैध निकासी भैरहेको छ तर प्रहरी प्रशासन मौन रहेको छ ।
पक्लिहवामा रहेको ठोक्कर न.२, ३, ४ र ५ अगाडि नारायणी नदिबाट प्रहरी चौकी रामनगरका इन्चार्ज राम सेवक यादवको मिलोमतोमा गिट्टीबालुवा र ढुंगा निकासी भैरहेको स्थानीयहरुकाे अाराेप छ ।
नारायणी नदिबाट यस्तो अवैध कार्य भैरहेको भन्दै पटक पटक प्रहरी प्रशासनलाई खबर गर्दा पनि कानमा तेल हाली मुखदर्शक बनेको भन्दै पक्लिहवाबासीले आरोप पनि लगाएका छन । नारायणी नदिबाट सांझ र दिउँसो गरि दैनिक रूपमा ८० देखि १०० टाली गिट्टी, बालुवा र ढुंगा निकासी गरि स्थानीय दलालहरुले सुस्ता गाउँपालिकाका अन्य वडाहरु मात्र नभई नजिकको भारतसम्म लगि बिक्री गरिरहेको स्थानीयबासीहरुले बताएका छन ।
स्थानीयहरुलाई आफ्नो गाउँ घरको घरायसी कार्यको लागि नारायणी नदिबाट गिट्टी बालुवा र ढुंगा निकालेर ल्याउने बखतमा प्रहरीहरु आएर पक्रने गरेको र सोही कार्य स्थानीय दलालहरुले गर्दा प्रती टाली २ सयका दरले रामनगर प्रहरी चौकीका ईन्चार्ज राम सेवक यादवले पैसा खाई ट्याक्टर टाली छोड्ने गरेको स्थानीयबासीहरुले गुनासो पनि गरेका छन ।
नारायणी नदिबाट अवैध रुपमा निकासी भएको गिट्टी बालुवा र ढुंगाको कारणले गर्दा पक्लिहवाका स्थानीयबासीहरुको खेतीयोग्य जग्गाहरु कटान भै क्षति हुने र गण्डक कमाण्ड क्षेत्रका साबिकका गा.बि.स हरु पक्लिहवा, नर्सही, गुठिप्रसौनी, गु
बढदाे अवैध निकासीका बढदै गरेकाे जाेखिमबाट त्रसित बनेका पक्लिहवाका स्थानीयबासिहरुले नारायणी नदिबाट निकासी भैरहेको गिट्टी बालुवा र ढुंगालाई रोक लगाउनको लागि सुस्ता गाउँपालिकाका प्रमुख राम प्रसाद पाण्डेलाई आग्रह गरेका छन ।
सो नारायणी नदिबाट भइरहेको गिट्टी बालुवा र ढुङ्गा चोरी कार्यलाई तत्काल रोक नलगाए प्रहरी प्रशासनको कडा बिरोधमा उत्रने पक्लिहवाबासीहरुले चेतावनी दिएका छन ।