पप्पु रेग्मी, बर्दघाट ।
पूर्व पश्चिम राजमार्ग बुटवल–नारयणगढ सडक खण्ड काे निमार्णको कार्य रोकिएपछि तत्काल निमार्ण कार्य शुरु गर्न दवाब दिनकाेलागि जनप्रतिनिधिहरुको टोलीकाे बैठक पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाटमा आईतवार सम्पन्न भएको छ ।
साे बैठकले यहि कार्तिक २९ गते प्रधानमन्त्रीकाे कार्यालय जाने निर्णय गरेको हाे ।
पश्चिम नवलपरासी र पूर्वी नवलपरासी जिल्ला सहित रुपन्देही जिल्लाकाे जनप्रतिनिधिहरुको टोलीले प्रधानमन्त्रीलाई साे सडककाे मर्मत सम्हार र ठेक्का पट्टा सम्म्बन्धि ज्ञापन पत्र सबै जिल्लाका प्रतिनिधिहरूकाे सम्यूक्त टाेलीले बुझाउन जाने निर्णय गरेका छन ।
पश्चिम नवलपरासी जिल्ला समन्वय समितीको आयोजनामा आईतवार बर्दघाट नगरपालिकाकाे सभा हलमा भएको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । बैठकमा पश्चिम नवलपरासी, रूपन्देही र पूर्वी नवलपरासी जिल्लाकाे समन्वय समितिका प्रमुखहरु भगौवती यादव, उमाकान्त चापागाई, बाबुराम विश्वकर्मा सहित बुटवल, देवदह, सुनवल, बर्दघाट, सरावल , देवचुलि, विनय त्रिवेणी मध्य विन्दु लगाएतका नगर तथा पालिकाका प्रमुख, उपप्रमुखहरु र बुटवल नारायणघाट सडक आयोजनाकाे पश्चिम खण्डका प्रमुख शशांक मिश्र सहितको उपस्थिती रहेको थियो ।सडक निमार्णको जिम्मा पाएको चाइना स्टेट कर्पाेरेशनले अहिले सम्म एकतर्फी रुपमा ५२ प्रतिशत काम गरेको र गएको असारमा ८० करोड भुक्तानी लिएको सडक आयोजना पश्चिम खण्डका प्रमुख शशांक मिश्रले बैठकमा जानकारी दिनु भएको थियो ।
बैठकमा रू. ९ अर्ब भुक्तानी बाकी रहेकोले ठेक्का रद्द गर्नु भन्दा पनि उही कम्पनीलाई काम गर्ने वातावरण बनाउदा फाईदा हुने अन्यथा फाईदा हुनु भन्दा नि फेरी ठेक्का लगाउदा ढिलो र करीव २२ अर्ब लाग्न सक्ने संभावना समेत रहेको मिश्रले जानकारी गराउनु भएको थियो । २०७५ सालकाे चैत्र महिनामा शुरु गरेको पूर्व पश्चिमकाे बुटवल–नारायणगढ सडक निमार्णको काम तेस्रो पटक म्याद थप गरेको भए पनि सम्पन्न हुन सकेको छैन ।
चाइना स्टेट कर्पाेरेशनले ढुङ्गा, गिटि, मिस्कट र माटो जस्ता म्याट्रियलहरु समयमा नपाएको जस्ता बिभिन्न कारण देखाएर राजमार्ग निमार्णमा समस्या भएको बताउदै आएको भए ता पनि अहिले भने राजमार्ग निमार्णको समय लम्बिदा ठेक्का घाटामा गएकोले रकम थप गर्नु पर्ने भन्दै निमार्ण कार्यमा आलटाल गरेको बैठकमा जानकारी गराईएकाे थियो ।
एशियाली विकास बैक ( एडिबि) को ऋण सहयोगमा १६ अर्ब ९९ करोड ५२ लाखको लागतमा निर्मँण हुने भनिएको १ सय १५ किलो मिटिर राजमार्गलाई २ खण्डमा बिभाजन गरेर निर्माणको काम शुरु गरीएको थियो ।
बुटवल देखि दाउन्ने सम्मको ४८.५८ किलोमिटर खण्ड क र दाउन्ने देखि गैडाकोट सम्मको ६४.४८ किलो मिटरलाई खण्ड ख बनाएर राजमार्ग निमार्णको काम शुरु गरेको थियो ।
हिंउदमा धुलाम्मे र बर्षातमा हिलाम्बे हुदा स्थानीय बासीहरु र यात्रुहरुलाई आवत जावतमा समस्या भएको छ भने सडक निमार्णका क्रममा सामान्य मर्मत सम्हार गर्न कन्जुसाई गरेकै कारण यात्रुहरूको स्वास्थमा समस्या हुनुका साथै यातायातका सवारी साधनहरुको दुर्घटना बढी हुने गरेको छ ।