श्याम थापा
नवलपरासी २९ माघ
हर प्रहर गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी मुल नाराका साथ पुर्वी नवलपरासीको जिल्ला प्रहरी कार्यालयले बिनयी त्रिबेणि गाउँपालिकाको भानुदय बहुमुखी क्याम्पसको सभा हलमा नागरिक सुनुवाइ कार्यक्रम गरेको छ ।
समुदाय र प्रहरी बिच साझेदारी कार्यक्रम अन्तर्गत शान्तिपुर्ण एवं सुरक्षित समाजका लागी जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख रमेश थापाको अध्यक्षयतामा र बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपक नेपालको प्रमुख अतिथ्यतामा भएको नागरिक सुनुवाइ कार्यक्रममा बिनयी त्रिबेणि गाउँपालिका भद्रभालादमी, समाजसेवी,स्थानीय जनप्रतिनिधि, शिक्षक, युवायुवती, महिला, पत्रकार र संघसंस्थाका प्रतिनिधिहरु गरि २ सय जनाको सहभागिता रहेकोे थियोे ।
नागरिक सुनुवाइ कार्यक्रममा लागू औषध नियन्त्रण, महिला हिंसा न्यूनीकरण, देह्ब्यापार नियन्त्रण, सवारी साधन दुर्घटना न्यूनीकरण, खोला नालामा दोहन, ट्राफिक व्यवस्थापन, चोरी नियन्त्रण जस्ता कार्यहरुमा प्रहरीले आफ्नो कदम तीब्र रूपमा बढाउनु पर्ने कार्यक्रमका सहभागीहरुको सुझाव रहेको थियो ।
कार्यक्रममा सहभागीहरुले धार्मिक स्थल जस्तोमा लागु औषधको बिगबिगी बढ्ने भएकोले सो स्थलहरुमा पनि प्रहरीहरुको निगरानी बढाउनु पर्ने सुझाव दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीले शान्ति सुरक्षाको कार्य राम्रो गरेको भन्दै कार्यक्रममा उपस्थित भएका सहभागीहरुले जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासी प्रमुख रमेश थापालाई धन्यवाद पनि दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी नेपालले कार्यक्रममा आएका सुझावहरुको मध्यनजर गरेर प्रहरीले आफ्नो कदम तीब्र रूपमा बढाउनका लागि जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीलाई निर्देशन गर्नु भएको छ ।
सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पुर्व नवलपरासीका प्रमुख थापाले कार्यक्रममा उठेका जिज्ञासा र सुझाव सल्लाहलाई आत्मसात गरि आफ्नो कार्यलाई तीव्रता रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।