सदिक्षा गैरे कवासोती, ४ बैशाख
नवलपुरको दुम्कौली बजारमा बुधबार अपरान्ह बम बिष्फोट भएको छ । बम बिष्फोटकाे पुष्टि गर्दै विष्फाेटबाट मानविय एवम् भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएकाे छ ।
बिष्फोट विप्लव समुहले गराएकाे हुनसक्ने अनुमान गरिएकाे छ । भाेली बिहिबार नेपाल बन्दकाे आव्हान गरेकाले पुर्वसन्ध्यामा बम बिष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।
बिष्फोट देबचुली नगरपालिका वडा नम्बर २ दुम्कौली बजारबाट उत्तर तर्फ राजमार्ग छेउमा बुधबार अपरान्ह ५: २० बजे बिष्फोट भएको थियो । विष्फाेटपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिनुभयो । उनका अनुसार घटनाका बारेमा अनुसन्धान भईरहेको छ ।