नवलपरासी सुस्ता २ को महर्षी बचत तथा ऋण सहकारी संस्था लि. मा काफ्ले

9
श्याम थापा
सुस्ता ९ असोज
पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ महलबारीमा रहेको महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा डिल्ली राज काफ्ले सर्वसम्मत चयन हुनु भएको छ ।
सुस्ता गाउँपालिकाको वार्ड न २ महलबारी स्थित दुर्गा मन्दिरको प्राङ्गणमा भएको महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड महलबारीको ९ औ बार्षिक साधारणसभा तथा चौथो नेतृत्व चयन कार्यक्रमको भेलाले संस्थाको अध्यक्ष पदमा काफ्लेलाई सर्वसम्मत चयन गरेको हो ।
बि स २०६६ साल पौष महिनाको १३ गते ८१ जना शेयर सदस्यहरुले रु ८१ हजार देखि सुरु गरेको महर्षि बचत तथा ऋण सहकारी लिमिटेड महलबारीले हाल आएर ३ करोड ५८ लाख ४५ हजार ५ सय ८९ रुपैया बराबरको कारोबार गरिरहेको संस्थाका पुर्व अध्यक्ष मोतिलाल उपाध्यायले बताउनु भयो ।
साधारणसभा तथा नेतृत्व चयन कार्यक्रममा अध्यक्षको प्रतिबेदन प्रस्तुत गर्दै पुर्व अध्यक्ष उपाध्यायले यस्तो बताउनु भएको हो । महर्षि बचत तथा ऋण सहकारी संस्था लिमिटेड महलबारीले आगामी आर्थिक बर्ष ०७५ र ०७६ को बार्षिक तथा बजेट र बार्षिक कार्यक्रमका लागि ४ करोड ५१ लाख ५९ हजार ४३ रुपैया बराबरको अनुमानित बजेट संस्थाका पुर्व कोषाध्यक्ष एवम बर्तमान संस्थाका उपाध्यक्ष खिमानन्द आर्यालले प्रस्तुत गर्नु भएको थियो ।
संस्थाका पुर्व अध्यक्ष मोतिलाल उपाध्यायको अध्यक्षयतामा,सुस्ता गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेको प्रमुख अतिथ्यतमा र सुस्ता गाउपालिका वार्ड न २ का वडा अध्यक्ष एवम सुस्ता गाउँपालिकाका प्रबक्ता कृष्ण लाल मुखियाको विशेष अतिथ्यतामा भएको महर्षि बचत तथा ऋण सहकारी संस्था लि को ९ औ बार्षिक साधारणसभा तथा चौथो नेतृत्व चयन कार्यक्रमले अगामी ३ बर्षका लागि संस्था संचालन गर्नका लागि डिल्ली राज काफ्लेको अध्यक्षयतामा ११ सदस्यीय संचालक समिति पनि चयन गरेको छ ।
जसको उपाध्यक्षमा खिमानन्द आर्याल,सचीवमा सागरमणी पाण्डे,कोषाध्यक्षमा कृष्ण प्रसाद न्यौपाने रहनु भएको छ । भने अन्य ७ जना सदस्यहरु पनि सर्वसम्मत चयन भएका छ्न । सो कार्यक्रममा पत्रकार आरपी उपाध्याय, राम प्रसाद आर्याल, संस्थाका सल्लाहकार टेक नारायण उपाध्याय लगायतका बक्ताहरुले सहकारी बिकासका लागि सम्पुर्ण शेयर सदस्यहरु पनि लाग्नु पर्ने भनाइ रहेको थियो ।