नवलपरासी ४ असार ।
काेराेना भाइरस संक्रमणकाे महामारीकाे मार खेपीरहेकेा अवस्थामा पछिल्लाे समय अर्थात बितेकाे २४ घण्टामा नेपालमा १९ जना पुरुष कोरोनामुक्त भएका छन्। तर दैनिक रूपमा गति बढदै गएकाे अवस्थामा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितकाे संख्या ७ हजार ८४८ पुगेको छ । हालसम्म १ हजार १ सय ८६ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् भने हालसम्म २० जना मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ।नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं. ८ का ३१ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिंङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नवलपरासी पश्चिममा एक संक्रमित थपिएको जानकारी दिएका हुन् ।
उनी केहिदिन अघि भारतबाट आएका थिए । यसैबिच नवलपरासी पश्चिममा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
यस्तै आजै नवलपरासी पुर्वमा एकैदिन ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नवलपरासी पश्चिमको तुलनामा पुर्वमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।