अध्यक्ष पदमा रियाजुल हक अन्सारी चयन
नवलपरासी (ब.सु.प), भाद्र ७।
नवलपरासी पश्चिम, सुस्ता–२, सतपत्ति चुहाडीमा कुतबुल मदारशाह दरगाह कमेटी सुस्ता–२, महलबारीको विशेष साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ।
शनिवार सम्पन्न अधिवेशनले अध्यक्ष रियाजुल हक अन्सारी (रियाज अन्सारी)को अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको हो।
नवगठित पदाधिकारीहरूमा उपाध्यक्षमा जनाब निजामुद्दीन मिया र जनाब अकबर अन्सारी, सचिवमा जनाब मुख्तार मिया, कोषाध्यक्षमा मोहतरमा जईबुन नेसा र सह–सचिवमा जनाब फिरोज अन्सारी चयन भएका छन्। यसैगरी अन्य ११ सदस्यीय कार्यसमिति र सल्लाहकार संयोजक सरिफ अन्सारीसहित ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ।

अधिवेशनमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।















