4 C
New York
Wednesday, November 12, 2025

Buy now

spot_img
spot_img

नवलपरासीमा १५००औं मोहम्मद ﷺ जयन्ती अवसरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न

- Advertisement -

नवलपरासी ।
१५००औं मोहम्मद ﷺ जयन्ती (ईद मुलद्दुन नबी) को अवसरमा सोमबार नवलपरासीको पाल्हीनन्दन–३, कुश्मास्थित ताजुल ओलुम आधारभूत मदरसाको प्राङ्गणमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

मदरसा प्रवर्धन सामाजिक केन्द्र (MPSC), रामग्राम–८, उनवछको आयोजनामा सम्पन्न कार्यक्रममा २ महिला र १८ पुरुष गरी कुल २० जनाले रक्तदान गरेका छन्।

रक्तदान गर्नेहरुमा मुफ्ती नुर आलम अन्सारी, मोहम्मद रज्जाक मिया, ग्यासुद्दिन मुसलमान अन्सारी, ईमामुल अली मुसलमान, मोबारक अली राईन, कुर्वान अली अन्सारी, साहाबुद्दिन मिया, सहबान अन्सारी, जबेद अख्तर अन्सारी, उजाला खातुन, सहिना शेष, रमजान धुनिया, अख्तर रजा रज्वी, मोहम्मद अजिम धुनिया, याद अली कुजडा, नुर आलम खाँ, शम्साद अन्सारी, अली अहमद राईन, मन्जुर आलम अन्सारी र रहिस धुनिया रहेका छन्।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, नवलपरासीको प्राविधिक टोलीका श्रावण कुमार गुप्ता, सरिता गुप्ता र अमर दिप गुप्ताले सहयोग गरेका थिए। साथै नेपाल प्रहरीका प्रतिनिधि, समाजसेवी, संस्था पदाधिकारी, सदस्य तथा सल्लाहकारहरुको उपस्थितिमा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

मदरसा प्रवर्धन सामाजिक केन्द्रका सचिव मोहम्मद अ. रज्जाक मियाले सम्पूर्ण रक्तदाता, प्राविधिक तथा सुरक्षा टोली, समाजसेवी, कार्यसमिति, सल्लाहकार एवं शुभचिन्तकहरुलाई कार्यक्रमलाई सफल बनाउन दिएको योगदानप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्।

कार्यक्रमले सामाजिक एकता, मानवता र सहकार्यलाई अझ सुदृढ गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ।
“रक्तदान जीवन दान — Donate Blood, Save Life” भन्ने नारासहित सम्पन्न कार्यक्रममा सहभागिहरुले नियमित रक्तदान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme