11.7 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा १३ लाख बढीको अबैध समान राजस्व दाखिला

- Advertisement -

 

सहबान अन्सारी

नवलपरासी,१६ माघ
नवलपरासीमा १५ दिनको अवधीमा करिब १३ लाख ८३ हजार मुल्य बराबरको अवैध मालसामानहरु प्रहरीले राजस्व दाखिला गरेको छ ।
यस अवधिमा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउदै २ लाख ५८ हजार १ सय ३० मुल्य बराबरको साडी,सुट लगायतका बिभिन्न कपडा १५ सय किलोग्राम चिनी,२० क्यारेट सेतो अण्डा, २४ प्याकेट घाँसको बिउ, ४ सय थान मोबाईल कभर लगायत बिभिन्न मालसमान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको हो ।
यसैगरि सामुदायिक वनबाट अबैध रुपमा ल्याउदै गरेको ४ लाख ५० हजार मुल्य बराबरको दाउरा सहित ६ वटा ट्याक्टर र ३ वटा बोलोरो पिकअप गाडी बर्दघाट नगरपालिका वडा नं. ४ टि.सी.एन. चोकबाट पक्राउ गरी कारवाहीको लागी सयपत्री सामुदायिक वन कार्यालय बर्दघाट पठाईएको हो ।
त्यसै गरि सरावल गाउँपालिका वडा नं. ७ भुजहवा स्थित शाही ट्रेडर्स कवाड संकलन स्थलबाट ६ लाख ७५ हजार ५ सय मुल्य बराबरको ९५८० किलोग्राम झ्याउ र २१८० किलोग्राम सुनाखरी नामक जडिबुटी बरामद गरि जिल्ला वन डिभिजन कार्यालय नवलपरासी बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme