सहबान अन्सारी २७ बैशाख ।
नवलपरासीमा हावाहुरी र असीनाले गर्दा केरा खेती प्रभावित हुन पुगेको छ । गएको मंगलवार राति आएको हावाहुरी र असिनाले केरा खेतीमा प्रत्यक्ष असर परेपछि केरा किसानहरु मर्कामा परेका छन ।
जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रहरुमा नगदे बालीको रुपमा गर्दै आएका सयौं किसानहरुको हजारौं बिगहामा लगाईएको केरामा क्षति पुगेको नवलपरासी केरा संघले जनाएकाे छ ।
जिल्लामा संघले केरा क्षतिको बिबरण संकलन गर्दा करिब ३ बिगहामा करिब ६ हजार बोटहरु पुर्णरुपले नष्ट भएको छ । साथै ५० बिगहामा करिब १ लाख बोटहरुमा असिनाले क्षति पुर्याए पछि उत्पादन मुखी नभएको बताईएको छ। त्यस्तै १३ बिगहामा करिब २५ हजार बोटहरु तयारी अवस्था रहेको केरा पुर्णरुपले क्षति पुगेको हो ।
२ सय बिगहामा केरा फल्ने समयमा क्षति पुगेपछि करिब ५० प्रतिशत उत्पादनमा कमि आउने आशंका गरिएको छ । केरा किसानहरुले आफुले लगाईएको केरा खेतीमा असर पुगेपछि सम्बन्धित निकायले अनुगमन गरि उचित क्षतिपुर्ति उपलब्ध गराउन स्थानिय,प्रदेश,र राज्य सरकार सित माग समेत गरेको छन ।
जिल्लामा करिब २हजार हेक्टर क्षेत्रफलमा केरा खेती गरिएको छ।