नवलपरासीमा स्याल अातंकले स्थानीय त्रसित

72
file image

नवलपरासी कार्तिक ३ ।

नवलपरासीकाे प्रतापपुर गाउं पालिकामा स्याल अातंक मच्चिएकाे छ । गाउंपालिकाकाे वडा नं ६ गूठी परसाैनीमा गएराती एकै रातमा स्यालले ५ बढिलाइ टाेकेपछि स्थानीयवासी अातंकित बनेकाे जन्त्री केवटले बताएका छन् ।

स्यालले मध्यरातीकाे समयमा अाअाफ्ना घरमा सुतिरहेका ५ जनालाइ टाेकेपछि रातीनै अातंक मच्चिएकाे हाे । स्याल टाेकाइबाट घाइते बनेका सबैजना बिहान उपचार गराउन शुरू गरेका हुन् । काेही नेपाल तथा काेही उपचारका लागि भारततर्फ लागेकाे बताइएकाे छ ।

दुर्गा पूजाका अवसरमा बनाइएकाे मुर्ति नजिकै सुतिरहेका टेन्टवाल पंचम गुप्तालाइ समेत स्यालले सुतिरहेकाे अवस्थामै टाेकेकाे बताइएकाे छ । त्यस्तै माेतीपुर गाउमा समेत पसेकाे बाैलाहा स्यालले भतिजाेलाइ समेत टाेकेकाे केवटले बताए ।

यस क्षेत्रमा प्रायः केरा तथा उखु खेती गरिएकाले किसानहरू खेततिर कामका लागि जान डर मानिरहेकाे अवस्थामा  किसानकाे काम प्रभावित हुने चिन्ता व्यक्त गरिएकाे छ ।