नवलपरासीमा साईकल मोटरसाईकल ठाेक्किदा २ घाईते

49

संजय कुशवाहा/सहबान अन्सारी, नवलपरासी फागुन ०२ ।

नवलपरासीको झुलनीपुर–त्रिवेणी सडकखण्डको बैदौलीमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाईते भएका छन् । जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं. ५ बैदाैली स्थित मुख्य पश्चिम गण्डक नहरकाे बाटाेमा बुधवार सांझ करिब ७ बजेकाे समयमा साईकल र माेटरसाइकल एक अापसमा ठाेकिदा सो दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

झुलनीपुरबाट घोडहातर्फ जादै गरेकाे युपी ५६ एफ २०२२ नम्बरको भारतीय मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको साईकल एक आपसमा ठाेक्किदा भएकाे दुर्घटनामा मोटरसाइकल चालक र साईकल चालक दुबै जना घाईते भएका छन् ।

प्रतापपुर गाउंपालिका वडा न.२ घोडहाका वर्ष ३२ का मोटरसाईकल चालक वृजलाल हरिजन र वडा नं. ५ का साइकल चालक मुबारक अन्सारी घाइते भएका छन् । हरिजनकाे टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएकाे छ ।

समान्य घाइते रहेका साईकल चालक अन्सारीलाई स्थानीय क्लिनिकमा उपचार भएको छ भने अर्को गम्भीर घाइते हरिजनलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पाेष्ट झुलनीपुरको गाडीमा सहिद स्मृति सामुदायिक अस्पताल चाैपत्ता पठाइएकाे बसहिया प्रहरी चौकीका ईन्चार्ज रामकाजी गुरूङले बताए ।

मोटरसाइकल र साईकल प्रहरीको नियन्त्रणमा रहेकाे छ ।