रबिन्द्र यादव, नवलपरासी २२ पुस ।
नवलपरासीमा शनिवार भएकाे सवारी दुर्घटनामा एक भारतीय नागरिककाे ज्यान गएकाे छ । सुरजपुरादेखि प्रतापपुर तर्फ जांदै गरेको बि. अार. २२ एबी २६८७ नम्बरको भारतीय मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नं. ७ सुरजपुरामा अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।
दुर्घटनामा गम्भीर घाइते माेसा चालकको सहिद सामुदायिक अस्पताल चौपतामा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।
अस्पतालका अनुसार मृतक सित भेटिएको सानो कार्डमा संजय यादव नाम लेखिएको छ । उनीसंग २५ हजार भारतीय रुपैया र घाटीमा सुनको सिक्री रहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसंधान अनुसार मृतक भारतीय हुन सक्ने बताइएको छ । शवलाई पोष्टमार्टमका लागि पृथ्वीचन्द जिल्ला अस्पताल परासी लगिएको प्रहरीले जनाएको छ ।