श्याम बुचा मगर भदाै १८, नवलपरासी ।
साउन अन्तिम साताकाे अबिरल बर्षा र बाढीका कारण नवलपरासी जिल्लामा धेरै सडकहरू भत्किए । अहिलेसम्म पनि मर्मतसमभार नगरिएकाले सडक सुचारू हुन सकेका छैनन् । जसले नजिकैका गाउं पनि सम्पर्क विहिन बनेका छन् । यस्तैमा प्रतापपुर गाउँपालिकाकाे बद्रीघाट र सुस्ता गाउँपालिकाकाे नरसही गाउं जोड्ने सडक सुचारू हुन सकेकाे छैन । पालहीनन्दन गाउंपालिकाकाे महेशपुर र सरावल गाउंपालिकाकाे भुजहवा सडक खण्ड बाढीले बगाउदा यातायात अवरूद्ध बनेकाे छ । साेही समयदेखि अहिलेसम्म यात्रुवाहक बस सञ्चालनमा अाउन सकेकेा छैन । पहाडी सडक क्षेत्रमा दलदले बुलिंगटार लगायत तमाम सडकहरू भत्किएकै कारण सवारीका साधनहरूकाे अावतजावत ठप्प छ । यति लामाे समयदेखि सडकमा अावागमन हुन नसक्दा स्थानीयबासीहरुलाई हिड्डुल गर्न मात्र नभै बिरामी या गर्भवती तथा सुत्केरी समेतलाइ अस्पताल पुर्याउन कठिन बनेकाे सुस्ता गाउँपालिका वार्ड न.४ नर्सहीका लख्खु यादवले बताए । भत्केकाे साे सडक मर्मतका लागि स्थानीयबासीहरुले पटक पटक सरोकारवालाहरुलाई अनुराेध गर्दा पनि बेवास्ता गरिएको स्थानीयबासीहरुकाे आरोप छ । सडक नबन्दा परासी देखि नर्सही हुँदै पक्लिहवा सम्म चल्ने मध्य नेपाल यातायात बस ब्यवबसयी संघ परासीको माइक्रो बस सेवा ठप्प भएको थियो । त्यस्तै, परासी सगरदिनही, दलदले बुलिंगटार लगायतका यात्रुवाहक सार्वजनिक सेवा ठप्प टन् । ठप्प भएपछि कृषाकले उत्पादन गरेकाे तरकारी तथा केरा बाली बिक्रीका लागि बजार पुर्याउन सास्ती भाेगनु परेकाे किसानहरूकाे गुनासाे छ । सडक भत्किएका र भत्किएका सडक मर्मतमा ढिलाइ भएका कारण सेवा दिन कठिनाइ भएको मध्य नेपाल यातायात ब्यवसायी संघ परासीका अध्यक्ष ऋषि राम पौडेलले जानकारी दिनु भएको छ ।