वृजराज कुशवाहा नवलपरासी, ४ कार्तिक ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
५ जनाको घटना स्थल मै र १ जनाको भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा कम्तीमा ५० जना घाइते भएका छन् ।
मृत्यु हुनेहरुमा ५ जनाको नाम खुलेको छ ।
नवलपुर प्रहरीका अनुसार नाम यसप्रकार छ ।
१) जि.मोरङ सुन्दरहरैचा १२ बस्ने बर्ष ११ को सुहन कार्की
२) जि.भोजपुर हतुवागढि ६ बस्ने बर्ष २७ को रामजित राई
३) जि.सुनसरी घर भई जि.नवलपरासी पश्चिम जिल्ला जनस्वास्थ्य कार्यालय मा कार्यरत बर्ष ३२ को अब्दुल अन्सारी
४) भारत बिहार बस्ने बर्ष नखुलेको बिधानन्द यादव
५) जि.गुल्मी हस्तचौर गा.पा.-२ बस्ने बर्ष ३५ को तिलक बिष्ट ( नेपाल आर्मी, लेटाङ् मोरङमा कार्यरत)
थप १ जना पुरुष ब्यक्तीको सनाखत हुन बाकी रहेको नवलपुर प्रहरीले जनाएको छ । नवलपुर प्रहरीले उपलब्ध गराएको घाइतेको नाम यस प्रकार छ ।
पुरानो मेडिकल कलेज, चितवनमा रहेका घाईतेहरुको नामावलीः-
२)जि.मोरंङ उर्लाबारी-३ बस्ने बर्ष ३५ कि पबित्रा भण्डारी, टाउकोमा चोट अवस्था सिरियस
३)जि.सोलु बस्ने बर्ष ३० को गणेश बस्नेत, टाउकोमा चोट, अवस्था सिरियस
४)जि.बारा बर्ष ३० कि रिता बासखोर,टोउको दाया हातमा चोट अवस्था सिरियस
५)जि.उदयपुर बेलटार बस्ने बर्ष २२ कि सुनिता बिष्ट टोउको दाया हातमा चोट अवस्था सिरियस
६)ऐ.ऐ.बस्ने बर्ष २६ को दिपेश बिष्ट ढाडमा चोट मध्यम
७)जि.रुपन्देही बस्ने बर्ष २० को तिलकुमार चौहान,मुखमा चोट मध्यम
८)जि.सुनसरी बस्ने बर्ष ३० को भुपाल बिष्ट टाउकोमा चोट मध्यम
९)जि. सुनसरी ईटहरी बस्ने बर्ष ३० की बबिता महत टाउकोमा चोट मध्यम
१०)भारत अछम बस्ने बर्ष ३५ की तारा देबि टाउकोमा चोट मध्यम
११)जि.सप्तरी बस्ने बर्ष २६ को सागर झा बाया हात मा चोट मध्यम
१२)जि.सिराहा बस्ने बर्ष २२ को धर्मेन्द्र यादव ढाडमा चोट मध्यम
१३)भारत बिहार बस्ने बर्ष १६ को कर्ण कुमार टाउकोमा चोट मध्यम
१४)ऐ.बस्ने बर्ष १७ को सम्सेर आलम टाउको मा चोट मध्यम
१५)ऐ.बस्ने बर्ष १४को श्रवण कोहार टाउकोमा चोट मध्यम
१६)ऐ.बस्ने बर्ष १८ को कौशल आलम दाया हात मा चोट मध्यम
१७) ऐ.बस्ने बर्ष १७ को दिल साह आलम टाउकोमा चोट मध्यम
१८)ऐ.बस्ने बर्ष ४ को कृष्ण कुमार साह टाउकोमा चोट मध्यम
१९)जि.रुपन्देही बुटवल बस्ने बर्ष ३५ को सरोज ढकाल टाउकोमा चोट मध्यम
२०)जि.सुनसरी ईटहरी बस्ने बर्ष ४० को अवदेस कर्ण ढाड दाया हात मा चोट मध्यम
२१)जि.रुपन्देही सैनामैना बस्ने बर्ष २८ की गिता ढकाल टाउको छातीमा चोट गम्भिर
२२)ऐ.ऐ.बस्ने बर्ष १० को सौरभ ढकाल टाउकोमा चोट मध्यम
२३)ऐ.ए.बस्ने बर्ष ४० को कमल ढकाल टाउकोमा चोट मध्यम
२४)जि.झापा बस्ने बर्ष ६ की खुसी दुलाल टाउकोमा चोट मध्यम
२५)ऐ.ऐ.बर्ष २५ की ज्योती दुलाल टाउकोमा चोट मध्यम
२६)धरान बस्ने बर्ष ३० कि दुर्गा भुजेल मुखमा चोट मध्यम
२७)जि.स्याङ्जा बस्ने बर्ष २५ कि कुसुम सारु टाउकोमा चोट मध्यम
२८)ऐ.ऐ.बस्ने बर्ष ३० को अमित सारु टाउकोमा चोट मध्यम
२९)जि.सुनसरी बस्ने बर्ष २५ कि पुनम बन मुखमा चोट मध्यम
३०)ऐ.ऐ.बस्ने बर्ष ९ को सक्षम बन शरिर मा चोट सामान्य
३१)ऐ.ऐ.बस्ने बर्ष ३५ को बसन्त बन अनुहारमा चोट सामान्य
३२)धरान बस्ने बर्ष ३० को सन्जय यादब टाउकोमा चोट मध्यम
३३)भारत बिहार बस्ने बर्ष १६ को पुर्ण साह टाउकोमा चोट मध्यम
३४)जि.सप्तरी बस्ने बर्ष २५ को सौरभ झा टाउकोमा चोट मध्यम
३५)जि.मोरङ बिराटनगर बस्ने २७ को दिपेन दर्शन कान नभएको टाउकोमा चोट सिरियस ।
मनकामना पोलिक्लिनिकमा उपचार भईरहेको घाईतेहरुको नामावली बिबरणः-
१)भारत बगुवान ६ बस्ने बर्ष ३० को असरफर्निया टाउकोमा चोट मध्यम (पुरानो मेडिकल कलेजमा रिफर)
२)ऐ.बिरपुर ३ बस्ने बर्ष १२ को राम बिलास सदा कानमा चोट मध्यम (पुरानो मेडिकल कलेजमा रिफर)
३)ऐ.महेशकट्टि ९ बस्नेबर्ष १६ को पुरन साया ढाडमा चोट मध्यम (पुरानो मेडिकल कलेजमा रिफर)
४)ऐ.बिरपुर ३ बस्ने बर्ष १८ को पवन कुमार सदा ढाडमा चोट सामान्य (डिस्चार्ज)
५)ऐ.ऐ.बस्ने बर्ष ५० को बेचन राम ढाडमा चोट सामान्य (डिस्चार्ज)
६)ऐ.ऐ.बर्ष २० को रिसिदेव ढाडमा चोट सामान्य (डिस्चार्ज)
७)ऐ.ऐ.बस्ने बर्ष २० को दशरथ सदा सामान्य(डिस्चार्ज)
८)ऐ.ऐ.बस्ने बर्ष १५को दिनेश सदा हातखुट्टामा चोट सामान्य(डिस्चार्ज)
९)जि.सुनसरी बस्ने बर्ष २९ को असल मिया ढाडमा चोट सामान्य (डिस्चार्ज)
इटहरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४ ५४ नम्बरको बस आइतबार बिहान ५ बजे अनियन्त्रित भई सडकबाट खसेको हो ।
बसमा सवार ५ जनाको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक रमेश थापाले बताउनुभयो । मृतकहरुको नाम ठेगाना खुल्न सकेको छैन ।
बसको बत्ती मधुरो रहेको र गति तीव्र भएका कारण बस दुर्घटनामा परेको यात्रुलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।
अपडेट कार्तिक-४,अपडेट दिउसाे ११:४५ बजे ।