सहबान अन्सारी, नवलपरासी, मंसीर २१ गते ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चयन का लागि अाज मंसीर २१ गतेका दिन भैरहेकाे मतदान कार्यमा दिउसाे १२ बजेसम्म ३५ प्रतिशत मतदान खसेकाे जिल्ला निर्वाचन कायार्लयले जनाएकाे छ ।
मतदान शान्तिपुर्ण रूपमा सञ्चालन भै रहेकाे छ । मतदातामा उत्साह देखिएकाे छ । महिलाहरूकाे उलेख्य सहभागिता रहेकाे छ ।
नवलपरासी बसुप निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलले बाल शिक्षा निकेतन सुनरी मतदान केन्द्रबाट मतदान गरेका छन् ।
नवलपरासी बसुप निर्वाचन क्षेत्र नं १ का नेपाली कांग्रेसका उम्माेदवार देवकरण प्रसाद कलवारले प्रतापपुर गा पा वडा नं. ६ काे वडा कार्यालय मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रतिश्पर्धामा रहेकाे नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवार हृदयेश त्रिपाठीले जन जागृति मावि गुठीपरसाैनी मतदान केन्द्रबाट मतदान गरे ।
नवलपरासीको नवलपुरमा रहेका १ सय १२ मतदान स्थलका २ सय ५८ मतदान केन्द्रमा उत्साहपुर्ण तरीकाले मतदान प्रक्रिया संचालन भईरहेको छ । २ सय ५८ मतदान केन्द्र मध्य दुई वटा केन्द्र महिलाले मात्र संचालन गरेका छन । प्रतिनिधि सभा १ को कावासोती २ स्थित शिव माविको ग केन्द्र मा मतदान अधिकृत लिला ढुंगानाको नेत्तृत्वमा ८ जना महिला कर्मचारी मात्र मतदान प्रक्रिया संचालनका लागि खटिएका छन् ।
यस्तै प्रतिनिधि सभा २ को बिनयी त्रिवेणी गाउपालीका २ मा अवस्थित जनजागृती आधारभुत बिद्यालयको क केन्द्र पनि महिलाले संचालन गरेका छन । यहा महीला अधिकृत होमकला चापागाइको नेतृत्वमा ७ जना महिला कर्मचारी खटिएका छन् ।
सुतली बम भेटिएकोः
नवलपरासीको नवलपुर क्षेत्रको देवचुली ३, अम्बास चोकमा सुतली बम भेटिएको छ । साविक दिव्यपुरी गाविस अध्यक्ष तिलप्रसाद पाठकको घर पार्किग गरिराखिएको ना ३ च १७२१ नम्बरको कारको पछाडि वम भेटिएको हो ।
सुतली बमलाई नेपाली सेनाको टोलीले त्याहाबाट हटाएर सुरक्षित स्थानमा राखेको र बेलुका डिस्पाेज गर्ने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले बताउनुभयो ।
त्यस्तै, दाङ्को तुल्सिपुर दोघरे नजीक बिस्फोट आशकामा ९ पक्राउ परेका छन ।
नवलपरासी बसुप बर्दघाट नगरपालकिा ९ मा रहेकाे राजा मावी नजिक बम विस्पोट भएको हाे । क्षति भने भएको छैन । मतदान स्थलकाे २५ मीटर टाढा विस्फाेट भएकाे हाे । मतदान सुचारू रहेकाे छ ।