नवलपरासी । रामग्राम नगरपालिका वडा नं. ७ उजैनीबाट आइतवार लागुऔषधि बरामद भए पश्चात नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले कार्वाहीचलाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.) बाट खटिएको चेकिङ टोलीले महेशपुर बाट परासी तर्फ आउदै गरेको UP 56 E 2876 को मो.सा. लाई शंका लागि रोकेर विहान साढे ६ बजेकाे समयमा चेकजाँच गर्दा लागुऔषध डाईजेपाम ४६ एम्पुल, फेनारगन ४८ एम्पुल र नुफिन ४९ एम्पुल फेला पारीएकाे हाे ।
मोटरसाइकल चालक जिल्ला नवलपरासी (ब.सु.प.) रामग्राम नगरपालिका वडा नं. ७ उजैनी बस्ने वर्ष ५३ को निर्मल नेटुवाको साथबाट ( कम्मरमा रुमालले बेरी ल्याएको अवस्थामा ) साे सामाग्री फेला पारिएकाे हाे ।
रितपूर्वक बरामद गरी उक्त लागुऔषध सहित निजलाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जिल्ला अदालत नवलपरासीबाट लागु औषध सम्बन्धि कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य थालेकाे छ ।