-10.7 C
New York
Wednesday, January 22, 2025

Buy now

spot_img
spot_img

नवलपरासीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

spot_img
spot_img

परासी,कार्तिक ९ ।
प्रदेश नम्बर ५ नवलपरासीको प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । अगामि मंसिर २१ गते हुने निर्वाचनको लागि आज दिउसो एक कार्यक्रम विच सो कार्यालय को उद्घाटन गर्दै स्थापना गरीएको छ । त्यस्तै सोही विच प्रदेश सभा सदस्य र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्रको कार्यालय पनि स्थापना गरीयो । 
जिल्ला न्यायधिस माधवेन्द्रराज रेग्मीको अध्यक्षतामा स्थपाना गरिएको मुख्य निर्वाचन अधिकृत प्रतिनिधि सभाको क्षेत्र नम्बर २ को पनि निर्वाचन अधिकृतमा रेग्मी नै हुनुहुन्छ ।
त्यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ को निर्वाचन अधिकृतमा महा न्यायधिवक्ताको कार्यालयका उपन्यायधिवक्ता हरिशंकर ज्ञवाली रह्नु भएको छ ।
संघिय संरचनामा नवलपरासी दुईवटा जिल्ला टुक्रिएर प्रदेश नं.४ र प्रदेश नं.५ मा गाभिएको छ । आज कार्यालय स्थापना प्रदेश नं.५ नवलपरासीमा गरिएको हो । दुईवटा प्रतिनिधि सभा सदस्य तथा ४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रहेको छ । १ सय २० मतदान स्थल तथा २ सय ५७ मतदान केन्द्र रहेको जिल्लामा जम्मा ३ लाख १० हजार ६ सय ५ मतदाता रहेका छन् । जस अन्तर्गत प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा एकमा ३० मतदान स्थल र ६७ मतदान केन्द्र रहेकोमा ५६ हजार ४ सय १२ मतदाता रहेका छन् भने प्रदेश सभा दुईमा ३० मतदान स्थल, ६० मतदान केन्द्र र ४५ हजार ९ सय ५६ मतदाता रहेका छन् । यस्तै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं.२ को प्रदेश सभा एकमा ३० मतदान स्थल, ६९ मतदान केन्द्र र ५८ हजार ३ सय ९८ मतदाता छन् भने प्रदेश सभा दुईमा ३० मतदान स्थल, ६१ मतदान केन्द्र र ४७ हजार ४ सय ७१ मतदाता रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme