नवलपरासीमा दुर्घटना हुदा एक जनाको मृत्यु

13

संजय कुशवाहा / नवलपरासी २८
पश्चिम नवलपरासीको झुलनिपुर – त्रिवेणी सडक खण्डको श्रीरामपुरमा हिजाेे मंंगलवार भएकाे मोटरसाईकल दुर्घटना हुँदा घाईते दुई मध्ये एक जनाको बुधवार मृत्युु भएकाेे  छ ।

घाइतेहरूलाई उपचारको लागि सहिद स्मृति समुदायिक अस्पताल चौपताबाट गम्भीर घाइते लक्ष्मण हरीजनलाई थप उपचारको लागि लुम्बिनी अस्पताल बुटवलमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो ।

भारतीय प्लेट नम्बर युपी ५६ वाई ३८३६ माेटरसाइकल अनियन्त्रित हुदा सो दुर्घटना भएकाे थियाे ।

दुर्घटनामा प्रतापपुर गाउपालिका वडा न.९ बेलाटारी बस्ने अन्दाजी वर्ष ३७ लक्ष्मण हरीजनलाई टाउकोमा गम्भीर चोट लागेेेेेकाे र वर्दघाट नगरपालिका वडा न.१३ धनेवा बस्ने अन्दाजी बर्ष २७ का अनिल हरीजन सामान्य घाइते भएका थिए ।