नवलपरासीमा छठपर्वकाे लाेकप्रियता बढदै

9

सहबान अन्सारी, कार्तिक ६ गते ।

तराईको प्रायः सबैजसाे जिल्लामा मनाईने छठ पर्व पछिल्लाे समय समावेशी पर्वका रुपमा विकसित हुदै गएको छ । जिल्लाकाे दक्षिणी भेगमा छठ पर्वको लोकप्रियता बढदै गएकाे छ ।

आस्था र निष्ठाको पर्व छठको आज दोस्रो दिन नवलपरासी जिल्लाको विभिन्न ठाउँहरु परासी, कुश्मा, महेशपुर, भुजहवा, सोमनी, प्रतापपुर, सुर्यपुरा, गुठीपरसौनी त्रिवेणी लगायतका ठाऊहरुमा बिषेश तयारी गरिएको छ ।

यो पर्व कार्तिक शुक्ल पक्ष तृतियको दिन देखी शुरु हुन्छ मुख्य दिन अर्थात षठवींको दिन पुजा स्थलहरु नदिनाला, पोखरी, ताल तलैया को विशेष रुपमा सजावट गरी ब्रतालुहरु अर्ध्य सामग्री लिएर उपस्थीत हुने गर्छन । यो पर्व हरेक साल कार्तिक शुक्ल पक्षको षठवींको दिन मनाउने गरिन्छ ।

धार्मिक सद्भावको रुपमा स्थापित हुदै गएको छठ पर्व मधेशी समुदाय मात्र नभई पहाडी सहित मुस्लिम, जनजाति लगायतहरुको सहभागिता रहेको हुदाँ बिगतको दिन भन्दा छठ पर्व हरेक बर्ष बृदि हुदै गएको देखीन्छ ! यस पर्वमा हरेक समुदायको चासो बढदै गएको छ । छठ पर्व सुर्यको अराधना र उपासना गरि मनाउने गरिन्छ जिल्ला भरिका बिभिन्न जात जातीहरु समेत छठ पर्व मनाउने गरेको पाईन्छ । यो अवसरमा पुजाको लागि घर- घरमा बिशेष तयारी समेत गरिएको छ ।