नवलपरासीमा खोलाको बाँध फुट्यो, सयौं घरहरु डुबानमा ( फाेटाे फिचर)

69
बिज्ञापन

सहबान अन्सारी , अषाढ १८ ।

नवलपरासीको प्रतापपुर गाउपालिका वडा नं ३ मा खोलाले तटबन्ध बगाउदा सयौं घरहरु डुबानमा परेका छन् ।

Advertisement

अबिरल बर्षाका कारण धनेवा खोलामा जलस्तर बढेपछि खोलाको उत्तरी पश्चिम बाध फुट्दा अमहवा, नन्दपुर, धनेवा, बरगदवा, लगायतका गाँउहरु डुबानमा परेका हुन् ।

डुबानका कारण हजारौ मानिसहरु बिस्थापित हुन पुगेको वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिनु भयो ।

डुबानमा परेका परेकालाई सशस्त्र प्रहरी र स्थानियहरुको सहयोगमा उद्दार कार्य भईरहेको सशस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनु भयो ।

जिल्लाकाे अन्य स्थानमा समेत बाढीकाे पानी पसेर जनजीवन अस्तव्यस्त बनेकाे छ चिसापानीमा मुख्य सडकमाथि बाट पानी बग्न थालेपछि केहीबेर यातायात ठप्प बनेकाे थियाे ।

खजुरा खाेला, धनेवा खाेला, लगायतका खाेलाहरुमा पानीकाे बहाव बढेपछि स्थानीयमा त्रास बढेकाे छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले आज साेबवार एक सूचना जारी गर्दै जिल्लावासीलाई सतर्क रहन आग्रह समेत गरेको छ ।

वर्षाका कारण नारायणी नदीको बहाब बढ्दै गईरहेको र जिल्ला भित्रका चुरे, महाभारतबाट बग्ने नदीहरुमा समेत पानी बढ्ने तथा खतरा भन्दा माथि पानी बग्ने अनुमान रहेकोले समयमै सुरक्षित रहन आग्रह गरेको छ ।

Advertisement