नवलपरासीमा खाेलाले बगाउंदा एक युवक बेपत्ता

77
File photo

न्युज डेस्क, असाेज ६ गते ।

नवलपरासीमा माछा मार्न गएका एक युवकलाइ खाेलाले बगाउदा सुक्रवार बेपत्ता भएका छन् । जिल्लाकाे रामग्राम नगरपालिका वडा नं. १७ पिपरहिया स्थित झरही खोलामा माछा मार्ने क्रममा पाल्हीनन्दन गाउं पालिका वडा नं. ४ का २३ वर्षे लक्ष्मण कुर्मीलाई खोलाले बगाई बेपत्ता बनाएकाे जिल्ला प्रहरीले जनाएकाे छ ।

करिब २ बजेकाे समयमा खाेलाले बगाएकाे खबर प्राप्त हुनासाथ प्रहरी चौकी गोवरहियाबाट प्रसनि रुम बहादुर खत्री को कमाण्डमा ४ जनाको टोली खटिएकाे छ । खाेतलासका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको उद्दार टोली र स्थानिय नागरिकहरु समेतले खोजी गरिरहेकाे तथा समाचार लेख्दासम्म फेला नपरेकाे प्रहरीले जनाएकाे छ ।