नवलपरासी उखु किसानकाे अाकर्षणमा केरा खेती

202

नवलपरासी । वर्षाैंदेखि उंखु खेती गर्दै अाएका नवलपरासीका किसानहरु पछिल्लो समय वैकल्पीक खेतीको रुपमा केरा खेतीलाइ अपनाउन थालेका छन् । अाम्दानी राम्राे हुने भएपछि उनीहरू केरा खेतीतर्फ आकर्षित भएका हुन् । उनीहरू उखु खेतीबाट लाभकाे साटाे हैरानी व्याेहाेर्न थालेका थिए । उखुखेतीकाे साटाे बाली बदलेर केरा खेती गर्न थालेपछि हुन थालेकाे लाभका कारण पछिल्लाे अवस्थामा केरालाइ व्यवसायिक खेतीकाे रूपमा समेत अपनाउन थालिएकाे छ।

बर्षोदेखी उखु खेतीबाट दिक्क बनेका किसानहरु पछिल्लो समय केरा खेती गरी मनग्गै आम्दानी लिन थालेपछि किसानहरु सन्तुष्ट बनेको बनाएका छन् । नवलपरासीको उखु खेती गर्ने पकेट क्षेत्र मानिने जिल्लाको ग्रामीण क्षेत्रमा उखुको विकल्पमा केरा खेती गर्न सकिने सम्भावना देखेर किसानहरू अाफै प्रयाेग गर्नमा उत्रेका हुन् । सफलता पाउन थालेपछि अहिले धेरैकाे मुख्य पेशा नै केरा खेती बन्न पुगेकाे छ ।

खेतमा तयार भएको उखुबाली चिनी  उद्योगमा लगेर दिदा पनि बर्षाैंसम्म भुक्तानी पाउन नसक्ने, समयमा रकम भुक्तानी पाउन नसक्ने जस्ता समस्याबाट पीडित किसानहरु उखुको वैकल्पीक बालीकाे रुपमा केरा खेतीलाइ अपनाएका हुन ।

यसरी किसानहरु पछिल्लो समयमा उखु खेतीलाई बिस्थापीत गरी केरा खेतीलाई आफ्नो मुख्य बाली बनाउन थालेपछि नवलपरासीको ग्रामीण क्षेत्रमा कृषी संकलन केन्द्रको समेत स्थापना गरिएको छ  । करिब नौ लाखको लागतमा  कुडिया बजारमा नारायणी तरकारी फलफुल संकलन केन्द्रको निमार्ण गरिएको हो  ।

नवलपरासीको ग्रामीण क्षेत्रमा पर्ने जुन उखु खेतीकालागी पकेट क्षेत्र मानिने गरिन्थ्यो । अहिले बिशेष गरी अहिले  प्रतापपुर, कुडिया,त्रिबेणी सुस्ता, नर्सही र पक्लीहवा क्षेत्र यतिबेला केराका लागी पकेट क्षेत्र बन्न सफल भएको छ  ।

यस क्षेत्रबाट वार्षिक रुपमा करिब चार करोड बराबरको केरा नेपाली बजारहरुमा निर्यात हुने गर्दछ  । भने करिब पांच करोड बराबरको तरकारी नेपाली बजारहरुमा निर्यात हुने गरेको अनुमान छ  ।

यसरी उखुखेती छाडी बैकल्पीक रुपमा केरा तथा तरकारी खेती तर्फ आकर्षीत  भएका किसानहरुलाई पनि सरकारी क्षेत्रबाट पनि सहयोग गर्दै आएको जिल्ला कृर्षी विकास कार्यालय नवलपरासीले जनाएको छ  । किसानहरुलाई उन्नतजातका बिउबिजन, प्राविधीक र कृषी मेसीन औजार तथा यान्त्रिक प्रविधीयुक्त कृषी उपकरणहरु उपलब्ध गराउदै आएको जिल्ला कृषी विकास कार्यालयका बरिष्ठ कृषी विकास अधिकृत तेजनारायण गैरेको भनाई छ  ।

केरा खेतीकाे लागि नवलपरासी उर्भर भुमी मानिन्छ । बिशेष गरी जिल्लाको कावासोती, शिवमन्दिर, चोरमारा, प्रसौनी, पक्लीहवा, बैदौली, कुडिया, लगायतका क्षेत्रका ब्यवसायीक केरा खेती हुदै आएको छ । नवलपरासीमा कुल ७ सय १५ हेक्टर क्षेत्रफलमा केरा खेती गर्ने गरिन्छ । जिल्लामा बार्षिक ८ हजार ८ सय २० मेट्रिक टन केरा उत्पादन हुदै आएको जिल्ला कृषी विकास कार्यालयले जनाएको छ  ।